-->
प्रशासनद्वारा नगरपालिका चुनावबारे सर्वदलिय वैठक सम्पन्न

प्रशासनद्वारा नगरपालिका चुनावबारे सर्वदलिय वैठक सम्पन्न

डी.के. वाइबा,  कालिमन्युज, कालेबुङ,  १४ अप्रेल।राज्य चुनाव आयोगले नगरपालिका चुनावको मिति घोषणा गर्न साथै चुनावी प्रक्रिया आरम्भ भएको छ। चुनावी प्रक्रियाकै क्रममा आज कालेबुङ जिल्ला प्रशासनको आयोजनामा सर्वदलिय वैठक सम्पन्न भएको थियो। 
यहाँको ट्रेजरी भवनको कन्फरेन्स हलमा आयोजित उक्त सर्वदलिय वैठकमा प्रशासनको पक्षबाट कालेबुङ जिल्लापाल डा. विश्वनाथ, जिल्ला पुलिस अधिक्षक अजितसिंह यादव, महकुमा अधिकारी एवम् नगरपालिका चुनाव अधिकारी निर्मलया घरामी लगायत अनिय अधिकारीवर्ग उपस्थित रहेका थिए। यता राजनैतिक दलहरूबाट भने गोजमुमो, जन आन्दोलन पार्टी, माकपा, क्रामाकपा, कङ्ग्रेस, तृणमूल कङ्ग्रेस, गोरामुमो आदिका प्रतिनिधीवर्गले सर्वदलिय वैठकमा भाग लिएका थिए। 
सभामा जिल्लापाल डा. विश्वनाथले आगामी 14 अप्रेलका दिन सम्पन्न हुने नगरपालिका चुनाव पश्चिम बङ्गाल नगरपालिका कानुन अनुसार हुने जानकारी दिँदै सम्पूर्ण चुनावी प्रक्रियाहरूबारे अवगत गराएका थिए। 
यसक्रममा उनले चुनाव सम्बन्धि आचार संहिताबारे पनि राजनैतिक दलका प्रतिनिधीवर्गलाई अवगत गराएका थिए। सोहिक्रममा जिल्ला पुलिस अधिक्षक अजितसिंह यादवले चुनाव सम्बन्धि कानुनी प्रक्रियाहरूबारे जानकारी गराएका थिए। 
वैठकमा राजनैतिक दलका प्रतिनिधीवर्गले आ-आफ्ना गुनासो अनि सुझावहरू प्रशासनलाई राखेका थिए।

0 Response to "प्रशासनद्वारा नगरपालिका चुनावबारे सर्वदलिय वैठक सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.