-->
इमोसन क्लबद्वारा जातीय एकताको सन्देश दिँदै वैशाखी उत्सव पालन

इमोसन क्लबद्वारा जातीय एकताको सन्देश दिँदै वैशाखी उत्सव पालन

डी.के. वाइबा,  कालिमन्युज, कालेबुङ,  १४ अप्रेल।जातीय एकताको परिचय साट्दै ईमोसन क्लब कालेबुङले आफ्नो स्थापनाको 25औँ वर्षगाँठको अवसरमा भव्यरूपले बैशाखी उत्सवको पालन गरेको छ। 
राजनैतिक भेदभाव र झण्डाहरूमा विभाजित भएको विचारहरूलाई एकसुत्रमा बाँध्नका निम्ति आयोजित उक्त वैशाखी उत्सवमा राजनैतिक पार्टीहरूमा गोजमुमो, जन आन्दोलन पार्टी, क्रामाकपा अनि तृणमूल कङ्ग्रेसका प्रतिनिधीवर्गले उक्त वैशाखी उत्सवमा भाग लिएका थिए भने विभिन्न संघ, संस्था र जातीय सङ्गठनहरूले पनि कार्यक्रममा भाग लिएका थिए। 
ईमोसन क्ल्बद्वारा 25 औँ वर्षगाँठको अवसरमा आयोजित उक्त वैशाखी उत्सवको अवसरमा सर्वप्रथम शहरमा विभिन्न जातीय भेष भुषामा सजिएर साङ्कृतिक र्‍याली आयोजना गरिएको थियो। यहाँको मेला ग्राउण्डबाट सुरु भएको उक्त सांस्कृतिक र्‍यालीले कालेबुङ शहर परिक्रमा गरिसकेपछि पुन: मेला ग्राउण्डमा नै आइपुगेर विभिन्न सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो। 
जातीय एकताको संदेश दिँदै निकालिएको उक्त सांस्कृतिक र्‍यालीमा मानिसहरूले खुबै उत्साहपूर्वक भाग लिएका थिए भने यस अवसरमा विभिन्न सांस्कृतिक गीत गाउँदै मानिसहरूले नाचगान पनि गरिरहेका थिए। यसक्रममा र्‍यालीले शहर परिक्रमा गरिसकेपछि मेला ग्राउण्डमा ईमोसन क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिवर्गले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

0 Response to "इमोसन क्लबद्वारा जातीय एकताको सन्देश दिँदै वैशाखी उत्सव पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.