-->
तृणमूल कङ्ग्रेसले १० जना प्रार्थीहरूको नाउँ घोषणा गर्यो्  ....गोरामुमो अनि तृणमूल काङ्ग्रेस मिलेर चुनाव लड्नेछ – प्रविण गुरुङ

तृणमूल कङ्ग्रेसले १० जना प्रार्थीहरूको नाउँ घोषणा गर्यो् ....गोरामुमो अनि तृणमूल काङ्ग्रेस मिलेर चुनाव लड्नेछ – प्रविण गुरुङ

डी.के. वाइबा, कालेबुङ १९ अप्रेल। अन्तत: तृणमूल काङ्ग्रेस पार्टीले पहाडका नगरपालिकाहरूमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चासँग मिलेर चुनाव लड्ने निश्चित भएको छ। तृणमूल काङ्ग्रेस कालेबुङ जिल्ला कमिटिका प्रचार प्रसार सचिव प्रविण गुरुङलाई आज चुनावको निम्ति गठबन्धनबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा उनले गोरामुमो अनि तृणमूल काङ्ग्रेस नगरपालिका चुनावको निम्ति गठबन्धन भएको स्पष्ट जानकारी दिएका छन्। ‘
तृणमूल काङ्ग्रेसको नगरपालिका चुनावलाई लिएर मन्त्री स्तरमा गोरामुमो पार्टीसँग गठबन्धन् भइसकेको छ। मन्त्री स्तरीय वैठक अनुसार गोरामुमो अनि तृणमूल माझ नगरपालिका चुनावको निम्ति गठबन्धन् भएकोले हामी मिलेर चुनाव लड्नेछौँ’ प्रविण गुरुङले एक प्रश्नको जवाब दिँदै भने।यसक्रममा उनले आफुहरूलाई पार्टीको हाइकमाण्डले जे जस्तो कार्य गर्ने निर्देश दिनेछन् त्यहीँ अनुसार कार्य अघि बड्ने पनि जानकारी दिएका छन्। 
यसैक्रममा नगरपालिका चुनावको निम्ति तृणमूल काङ्ग्रेसले कालेबुङ नगरपालिका क्षेत्रबाट १० जना प्रार्थीहरूको नाम घोषणा गरेको छ। 
प्रविण गुरुङले एक पत्रकार सम्मेलनको आयोजना गरेर २३ मध्ये १० जना प्रार्थीहरूको नाउँ घोषणा गरेका छन्। अन्य रहल १३ जना प्रार्थीहरूको नाउँ पनि चाँढै घोषणा गर्ने गुरुङले जानकारी दिएका छन्। 
यहाँको १० माइल स्थित तृणमूल काङ्ग्रेसको पार्टी कार्यलयमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्रचार प्रसार सचिव प्रविण गुरुङले कालेबुङ नगरपालिकाको चुनावका निम्ति प्रार्थीहरूका रूपमा क्रमैले कल्पना दर्नाल(वार्ड न.२), ढेण्डुप भोटिया (वार्ड न.३), अनिता सिन्चुरी (वार्ड न.६), तुलसी छेत्री (वार्ड न.७), सोनाम भोटिया (वार्ड न.८), दिपिका तामाङ (वार्ड न.११), आशिप अहमद अन्सारी (वार्ड न.१२), सिके कुमाई (वार्ड न.१७), लजिका भुजेल (वार्ड न.१८), सोनाम तोप्देन भोटिया (वार्ड न.२०) लाई प्रार्थीको रूपामा घोषणा गरेका छन्।आज घोषणा गरिएका प्रार्थीहरूले भोलिदेखि नै आफ्ना नामाङ्कन पत्र दर्ता गर्ने पनि प्रविण गुरुङले जानकारी दिएका छन्।

0 Response to "तृणमूल कङ्ग्रेसले १० जना प्रार्थीहरूको नाउँ घोषणा गर्यो् ....गोरामुमो अनि तृणमूल काङ्ग्रेस मिलेर चुनाव लड्नेछ – प्रविण गुरुङ "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.