-->
नगरपालिका चुनावमा गोजमुमो पार्टीको १४ जना प्रार्थीहरूको घोषणा

नगरपालिका चुनावमा गोजमुमो पार्टीको १४ जना प्रार्थीहरूको घोषणा

डी के वाइबा, गोजमुमो पार्टीले नगरपालिका चुनावमा भाग लिने १४ जना प्रार्थीहरूको नाम घोषणा कालिमन्युज, कालेबुङ, १८ अप्रेल 2017। गरेको छ। कालेबुङ नगरपालिकाको निम्ति मोर्चाले २३ वटा मध्ये १४ वटाको नाम घोषणा गरेको हो। 
गोजमुमो अध्यक्ष विमल गुरुङको उपस्थितिमा ८ माइल स्थिति आनन्द पोटिको होटलमा कार्यकर्ताहरूसग वैठक बसेर पहिलो चरणमा ९ अनि पछिबाट ५ जना गरेर मोठ १४ जना प्रार्थीहरूको नाम घोषणा गरेको हो। गोजमुमो कालेबुङ जिल्ला समितिका अध्यक्ष एवम् सभासद आरबी भुजेलले प्रार्थीहरूको नाम घोषणा गरेका हुन्। 
कालेबुङ नगरपालिकाको २३ वार्ड मध्ये मोर्चाले आज छिरिङ याङ्जोम (वार्ड न २), बिमला छेत्री (वार्ड न ७), सुबास गुप्ता (वार्ड न १२), एड्वार्ड लेप्चा (वार्ड न १४), बरुन भुजेल (वार्ड न १६), मुन्ना लामा (वार्ड न १८), स्रुती घिमिरे ( वार्ड न. १९), पासङ छीरिङ शेर्पा (वार्ड न० २१), फुप छीरिङ तामङ (वार्ड न २२), रुबेन खवास (वार्ड न ४), कुमार चामलिङ (वार्ड न १३), इन्द्र गजमेर (वार्ड न १७), सोनाम पाल्देन भोटिया (वार्ड न २०), लहमु छिरिङ भोटिया (वार्ड न २३) लाई प्रार्थीको रुपमा चुनिएको घोषणा गरेका छन् ।

0 Response to "नगरपालिका चुनावमा गोजमुमो पार्टीको १४ जना प्रार्थीहरूको घोषणा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.