-->
डम्बरसिंह अनि अडीवहादुर गुरुङबारे टिप्पणीप्रति परिवारको विरोध .... विमल गुरूङले आफ्नो राजनैतिक अपरिपक्वता देखाएका छन् – डा. उदय गुरुङ

डम्बरसिंह अनि अडीवहादुर गुरुङबारे टिप्पणीप्रति परिवारको विरोध .... विमल गुरूङले आफ्नो राजनैतिक अपरिपक्वता देखाएका छन् – डा. उदय गुरुङ

डी.के.वाइबा,कालिमन्युज,कालेबुङ,4 अप्रेल। अखिल भारतीय गोर्खालिग पार्टीका संस्थापक अध्यक्ष स्व डम्बरसिंह गुरुङ अनि ब्यारिष्टर अडीबहादुर गुरुङको नाउँ लिएर गोजमुमो अध्यक्ष विमल गुरुङले गत गत 30 मार्चको दिन एउटा राजनैतिक कार्यक्रममा बोल्दै ‘उनीहरूको गल्तिले आज गोर्खाहरू भिखारी बन्न परेको’ जस्ता बयान दिएपछी परिवार पक्षले प्रेस विज्ञप्ति जारी गरेर कडा आपत्ति जनाएको छ। 
ब्यारिष्टर अडीबहादुर गुरुङका छोरा डा. उदय गुरुङले एउटा प्रेस बिज्ञप्ति जारी गरेर मोर्चा अध्यक्ष विमल गुरुङले आफ्ना पिता अनि बाजेलाई अपशब्द भनेकोमा खेद प्रकट गर्दै परिवार पक्ष दु:खी बनेको बताएका छन्। 
‘गत 30 मार्चका दिन एक राजनैतिक सभालाई सम्बोधन गर्दै भारतिय गोर्खा जातिको युग पुरूष स्व डम्बर सिहं गुरूङ अनि ब्यारिष्टर अडि बहादुर गुरूङलाई जीटिए प्रमुख बिमल गुरूङले अपमान जनक वक्तव्य दिएको सुनेर हामी सम्पुर्ण परिवार अचम्भित साथै एकदमै दु:खी बनेका छौं’ अडीबहादुर गुरुङका छोरा उदय गुरुङद्वारा जारी प्रेस बिज्ञप्तिमा स्पष्ट भनिएको छ। युग पुरूष स्व डम्बर सिहं गुरूङ अनि ब्यारिष्टर अडि बहादुर गुरूङलाई कालेबङ भित्र मात्र होइन भारत भरि छरिएका गोर्खाहरूको राजनैतिक क्षेत्रमा मार्ग दर्शक साथै सम्माननिय नेता मानिएका व्यक्तित्वहरू रहेको बताउँदै भारतको संविधानमा सही छाप गर्ने अडिबहादुर गरूङले भारतीय संविधानमा सही गरेर गोर्खाहरूलाई विदेशी होइन भन्ने प्रमाणित गर्ने महान कार्य गरेको पनि विज्ञप्तिमा भनिएको छ। 
“अडीवहादुर गुरुङ भारतभरीका गोर्खाहरूलाई प्रतिनिधित्व गर्दै संविधानमा हस्ताक्षर गर्ने एक महान व्यक्तित्व हुन्। यस महान कार्य गरेर उनले भारतभरी छरिएर बसेका गोर्खाहरू न त विदेशी हुन न त प्रवासी नै हुन् भनेर पनि प्रमाण गरिसकेका छन्। आफ्नो असफलतालाई आफै सहन नसकेर सम्पुर्ण गोर्खाहरूको युगपुरूषको इतिहासलाई आरोप लगाउँदै इतिहास मेटाउने प्रयास बिमल गुरूङले गरिरहेका छन्। यस्तो वयान दिएर आफुलाई गोर्खे नेता भन्ने बिमल गुरूङले आफ्नो राजनैतिक अपरिपक्वता देखाएका छन्’ प्रेस विज्ञप्तिमा लेखिएको छ। 
यसक्रममा गत 26 जनवरी 2017 का दिन दार्जीलिङको लालकोठी अघि अडिबहादर गुरूङको शालिग बनाएर आफ्ना परिवारलाई सम्वर्धना जनाउने बिमल गुरूङले यतिका दुई महिना भित्रमा के चाल पाएर उनले हाम्रै ठाँउमा आएर मेरा पितालाई गाली गरिरहेका छन्? भन्ने प्रश्न पनि विज्ञप्तिमा गरिएको छ। गुरुङको बयानले आजका आजको पिडीलाई समेत दिग्भ्रमित पारिरहेको दावी गर्दै वर्तमान स्थितिमा ‘आफ्नो राजनैतिक दुनो सोझ्याउनको निम्ति उनले यसप्रकारको वयान वाजी गरेका हुन्?’ भनि प्रश्न गरिएको छ। डम्बरसिंह गुरुङ अनि अडीवहादुर गुरुङ प्रतिको टिप्पणीले ‘बिमल गुरूङको राजनैतिक धरातल खस्किएको हामीले अनुभव गरिरहेका छौं किन भने उनको यस्तो बयान न त ठिक छ न त न्याय संगतनै छ। यसर्थ उनको वयानलाई म लगायत युग पुरूष डम्बर बाबु अनि अडिबहादुर गुरूङका सम्पुर्ण परिवारको पक्षबाट घोर भर्त्सना गर्दछौं’ भनि विज्ञप्तिमा लेखिएको छ। 
‘स्व. डम्बर सिङ गुरूङ अनि ब्यरिष्टर अडिबहादुर गुरूङको ऐतिहासिक महान योगदानलाई हेरेर समाजका युवा जमात तथा भावी पिडीले प्रेरणा पाएर सफलता तर्फ जाने समयमा बिमल गुरूङ जस्ता नेता हुन चाहने व्यक्तिले आफ्नो राजनैतिक स्वार्थ पुरा गर्न यसप्रकारको अपमान जनक वयान दिएर प्रेरणा पाउने पिडीलाई सफलताबाट पनि वञ्चित बनाइरहेका छन्’ उदय गुरुङद्वारा जारी विज्ञप्तिमा अझ भनिएको छ। 
आफु गुरूङ हुनुमा लाज लाग्छ भनेर जुन प्रकारले बिमल गुरूङले वक्तव्य दिए यस कुरामा हामी सहमति छौं कारण बिमल गुरूङको यसप्रकारको अपरिपक्व भाषण सुनेपछि वास्तविक रूपमा हामीलाई उल्टा गुरूङ जाति भन्न लाज लागीरहेको छ’ व्यारिष्टर अडीबहादुर गुरुङका छोरा उदय गुरुङले विज्ञप्तिमा लेखेका छन्।

0 Response to "डम्बरसिंह अनि अडीवहादुर गुरुङबारे टिप्पणीप्रति परिवारको विरोध .... विमल गुरूङले आफ्नो राजनैतिक अपरिपक्वता देखाएका छन् – डा. उदय गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.