-->
तृणमूल काङ्रेसद्वारा थप 7 जना प्रार्थी घोषणा

तृणमूल काङ्रेसद्वारा थप 7 जना प्रार्थी घोषणा

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 20 अप्रेल। नगरपालिका चुनावमा पहिलोचोटि भाग लिइरहेका तृणमूल काङ्ग्रेसले कालेबुङ नगरपालिकामा मोठ 19 जना प्रार्थीहरू खडा गरेर रहल 4 जना गोरामुमो प्रार्थीहरूलाई सघाउने निश्चित भएको छ। तृणमूल काङ्ग्रेस कालेबुङ जिल्ला समितिका प्रवक्ता प्रविण गुरुङले आज पुन: 7 जना तृणमूल प्रार्थीहरूको नाउँ घोषणा गर्दै 4 वटा सिटमा गोरामुमोलाई सघाउने निश्चित भएको स्पष्ट पारेका छन्। 
अघिबाटै 10 जना प्रार्थीहरूको नाउँ घोषणा गरिसकेको तृणमूल काङ्ग्रेसले आज 7 जनाको प्रार्थीहरूको नाम घोषणा गरेलो छ भने अझै 2 जना प्रार्थीहरूको नाउँ घोषणा गर्ने गुरुङले जनाएका छन्। आज घोषणा गरेका प्राथीहरू क्रमैले भिम अग्रवाल (वार्ड न.9), साङ्डुप लामा तामङ (वार्ड न.13), निमा डोमा शेर्पा (वार्ड न.14), मेरि कालिकोटे (वार्ड न.15), म्याक्सिमस कालिकोटे (वार्ड न.16), जङ्गबीर तामङ (वार्ड न.21) अनि सञ्जय लामा (वार्ड न.22) रहेका छन्। 
बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडलाई अत्यन्तै माया गर्ने गरेको कारण नगरपालिका चुनावमा पहाडको विकासकै निम्ति तृणमूल काङ्ग्रेसलाई जनताले साथ दिनुपर्ने प्रविण गुरुङले बताएका छन्। तृणमूल काङ्ग्रेसले आज घोषणा गरेको प्रार्थीहरूको सूचीमा पूर्व नगर अध्यक्ष मेक्सिमस कालिकोटे पनि रहेका छन्। मेक्सिमस कालिकोटेलाई तृणमूल काङ्ग्रेसले नगरपालिका चुनावको निम्ति प्रार्थीका रूपमा टिकट दिन अघि उनी तृणमूल काङ्ग्रेस पार्टीमा सामेल समेत भएका थिएनन्। 
तृणमूल नेतृत्वले कालेबुङ नगरपालिका सञ्चालन गरिसकेका मेक्सिमस कालिकोटेलाई तृणमूल काङ्ग्रेसले नगरपालिका सञ्चालनको निम्ति अनुभवी मानिसहरूको आवश्यक्ता रहेको बताउँदै तृणमूलमा सामेत हुने आग्रह गरेपछि आज उनलाई पार्टीमा सामेल गराउनको साथै वार्ड नम्बर 16 वाट प्रार्थीको टिकट पनि थमाएको छ।

0 Response to "तृणमूल काङ्रेसद्वारा थप 7 जना प्रार्थी घोषणा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.