-->
कालेबुङमा पाँचौ दिनमा 26 जना प्रार्थीहरूले बुझाए नामाङ्कन पत्र

कालेबुङमा पाँचौ दिनमा 26 जना प्रार्थीहरूले बुझाए नामाङ्कन पत्र

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 21 अप्रेल। नगरपालिका चुनावलाई लिएर अहिलेघरी नामाङ्कन पत्र दर्ता गर्ने कार्य युद्धस्तरमा चलिरहेको छ। चुनाव लड्ने राजनैतिक दलहरूले प्रार्थी चयन गर्ने कार्य समाप्त गरिसकेपछि अहिलेघरी नामाङ्कन पत्र दर्ता गर्ने कार्य आरम्भ गरेको छ। गत 17 अप्रेलका दिनदेखि आरम्भ भएको नामाङ्कन पत्र दर्ता गर्ने कार्य आगामी 24 अप्रेलका दिनसम्म चल्ने भएको छ भने आज नामाङ्कन पत्र दर्ता गर्ने पाँचौ दिन भिन्ना भिन्नै राजनैतिक दलबाट मोठ 26 जना प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गरेको चुनाव आयोगबाट जानकारी प्राप्त भएको छ। 
आज नामाङ्कन पत्र दर्ता गर्नेहरूमा तृणमूल कङ्रेसका 13 जना अनि गोजमुमो पार्टीका मोठ 5 जना प्रार्थीहरूले आफ्नो नामाङ्कन पत्र दर्ता गरेको थाह लागेको छ भने अन्य 8 जनाको स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। यद्यपी 8 जना मध्ये 6 जना जाप प्रार्थी रहेको थाह लागेको छ भने अन्य दुई जना निर्दलीय प्रार्थी रहेको थाह लागेको छ। तथापी समाचार लेखुञ्जेलसम्म यसबारे चुनावी अधिकारीले पुष्टि गर्न सकेनन्। 
तृणमूल कङ्ग्रेसका प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गर्न अघि शहरमा नौमती बाजा बजाएर एउटा र्‍याली निकालेको थियो। यहाँको दस माइल स्थित पार्टी कार्यलयबाट तृणमूल कार्यकर्ताहरूले प्रार्थीहरूलाई अघि लगाएर नौमती बाजा बजाउँदै नामाङ्कन पत्र बुझाउन पुगेको थियो। यस अवधी पार्टीका कालेबुङ जिल्ला समिति अध्यक्ष गौलन लेप्चा, मनोनित जीटीए सभासद सतिस थीङ, कार्यकारी अध्यक्ष छेवाङ भोटिया, प्रवक्ता प्रविण गुरुङ लगाय अन्य नेतृत्ववर्गको विशेष उपस्थिति रहेको थियो। 
यसक्रममा पार्टी कार्यकर्ताहरूले ‘तृणमूल कङ्ग्रेस जिन्दावाद’ को नाराबाजी लगाउँदै तृणमूललाई यसपल्टको नगरपालिका चुनावमा साथ दिनुपर्ने आह्वान गरेका थिए। 23 मध्ये 19 वटा वार्डमा चुनावा लड्ने तृणमूल कङ्ग्रेसले आजसम्म केवल 17 जना प्रार्थीहरूको नाउँ घोषणा गरेको छ। जसमध्ये आज केवल 13 जना प्रार्थीहरूले आफ्नो नामाङ्कन पत्र दर्ता गरेका हुन्। यसबारे कालेबुङ जिल्ला तृणमूल कङ्ग्रेसका प्रवक्ता प्रविण गुरुङले जानकारी गराएका छन्। उनले रहेका अन्य प्रार्थीहरूले पनि निर्धारित समयमा नै नामाङ्कन पत्र दर्ता गर्ने जानकारी गराएका छन्। 
नामाङ्कन पत्र दर्ता गर्ने क्रममा आज गोजमुमो पार्टीका चारजना प्रार्थीहरूले पनि चुनाव अधिकारी समक्ष आ-आफ्नो नामाङ्कन पत्र दर्ता गरेका छन्। गोजमुमो प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गर्न अघि प्रार्थीहरूको साथमा पार्टी कार्यकर्ताहरू नाराबाजी गर्दै एउटा र्‍याली नै निकालेका थिए। 
यसक्रममा मोर्चा कार्यकर्ताहरूले पनि ‘गोजमुमो जिन्दावाद’को नारबाजी लगाउने कार्य गरेका थिए। पार्टी कार्यकर्ताहरूको साथमा पाँचजना गोजमुमो प्रार्थीहरूले आ-आफ्ना नामाङ्कन पत्र दर्ता गरेपनि नामाङ्कन पत्र दर्ता गर्दा पार्टीका शिर्षस्थ नेतृत्वहरूको उपस्थिति भने थिएन।

0 Response to "कालेबुङमा पाँचौ दिनमा 26 जना प्रार्थीहरूले बुझाए नामाङ्कन पत्र"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.