-->
नेपाली कथानक चलचित्र ‘लुट – 2’  कालेबुङमा प्रदर्शित

नेपाली कथानक चलचित्र ‘लुट – 2’ कालेबुङमा प्रदर्शित

डी.के.वाइबा, कालिमन्युज कालेबुङ् 7 अप्रेल। हु केयर्सको आयोजनामा निर्माता माधव वाग्लेद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘लुट-2’ कालेबुङको ड्रिम थिएटरमा पहिलोचोटी प्रदर्शनमा लागेको छ। दयाहाङ राई, सौगात मल्ल, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र कालेबुङमा पहिलोचोटि प्रदर्शन भएको हो। 
आजसम्म नेपालबाट निर्मित उत्कृष्ट चलचित्रहरू दर्शकवर्गले युट्युबकै माध्यमबाट निकै लामो समयपछि मात्रै हेर्न पाउने गरेका थिए। यस्तो अवस्थामा लुट-2 कालेबुङको ठूलो पर्दामा मानिसहरूले हेर्ने सौभाग्य पाएका छन्। चलचित्रमा हाकु काले र ४ युवाको लडाइँलाई नै मुख्य केन्द्रमा राखिएको छ। बैंक लुट्ने मास्टर प्लान नै चलचित्रको कथानक हो भने कथानकलाई अघि बढाउँन दुई गुटमाझको झगडाले कथालाई अघि तिव्रता दिएको छ। ‘अहिलेघरी नेपाली चलचित्रहरू उत्कृष्टरूपले निर्माण हुँदै आएका छन्। 
हु केयर्स एउटा समाजिक संस्था भएको कारण संस्थानलाई अघि बढाउन अनि नेपाली चलचित्रका दर्शकवर्गलाई ठूलो पर्दा चलचित्र हेर्ने अवसर प्रदान गर्न लुट-2 पहिलोचोटी ल्याएर प्रदर्शन गरेका हौँ’ एरोन योञ्जनले भने। ‘चलचित्र साँच्चै राम्रो छ। एकचोटी ठूलो पर्दा हेर्ने मौका दर्शकले नचुकाएको राम्रो भन्ने लाग्छ’ योञ्जनले अझ भने। उक्तकृष्ट छायङ्कन, अभिनय र रोचक संवादहरूले भरिपूर्ण चलचित्रले दर्शकवर्गलाई भरपूर मनोरञ्जन दिलाउन सक्नेका छन्। सुरु देखि अन्त्यसम्म नै संवाद र अभिनयले दर्शकलाई तानेर राखेको छ। 
नेपालमा चर्चित बनेको लुट-2 कालेबुङको ड्रिम थिएटरमा आजदेखि सुरु भएको हो भने केहि दिनसम्म यसको सो चल्ने भएको छ। ‘नेपाली चलचित्र ठूलो पर्दामा हेर्न पाउँदैनौँ। हिन्दी सिनेमाले हाम्रो नेपाली सिनेमालाई थिचेको अवस्थामा लुट-2 हेर्न पाउँदा साह्रै आनन्द लाग्यो’ दर्शक अनित छेत्रीले भने। उनले उक्त चलचित्रलाई उत्कृष्ट रहेको बताउँदै नेपाली चलचित्र प्रेमीहरूले आफ्नै ठाउँमा ठूलो पर्दामा हेरेर चलचित्रको सम्पूर्ण पक्षहरूको मनोरञ्जन उठाउने अपिल पनि गरेका छन्।

0 Response to "नेपाली कथानक चलचित्र ‘लुट – 2’ कालेबुङमा प्रदर्शित"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.