-->
भाजपाको विजयीमा गोजमुमो हर्षित   दिल्ली गएर बधाई दिनेछौँ – विमल गुरुङ

भाजपाको विजयीमा गोजमुमो हर्षित दिल्ली गएर बधाई दिनेछौँ – विमल गुरुङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 11 मार्च। ‘उत्तर प्रदेश अनि उत्तर खण्डमा भाजपाको बिजयीमा सम्पूर्ण भाजपा नेतृत्ववर्गलाई बधाई दिँदछु। यस विजयको खुशीयालीमा भाजपा राष्ट्रिय अध्यक्ष अमित शाहलाई जीटीए अनि गोजमुमो पार्टीको पक्षबाट पत्रचार गरेर बधाई दिएका छौँ’ उक्त कुरा गोजमुमो अध्यक्ष विमल गुरुङले भनेका हुन्। 
पाँचवटा राज्यमा सम्पन्न भएको विधानसभा चुनावमा भारतीय जनता पार्टीले उत्तर प्रदेश अनि उत्तर खण्डमा पूर्ण बहुमतको साथमा बिजयी हासिल गरेपछि यता गोजमुमो पार्टीभित्र पनि खुशीयाली छाएको छ। 
‘गोजमुमो भाजपाको एउटा घटक दल हो। हामी यस जितमा खुशी छौँ’ विमल गुरुङले अझ भने। सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भाजपाले पूर्ण बहुमतको साथमा बिजयी बन्नको साथै उत्तर खण्डमा समेत बिजय हासिल गरेपछि यता भारतीय जनता पार्टीलाई गोजमुमो अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङले बधाई दिँदै उक्त जितले गोर्खाल्याण्डको मागलाई बल पुग्ने दाबी समेत गरेका छन्। 
‘राज्यसभामा भाजपाको सङ्ख्या बड्ने निश्चित भएको छ। दुईवटा राज्यमा बिजयी हासिल बनेपछि अब राज्यसभामा भाजपा सदस्यको सङ्ख्या बड्दा गोर्खाल्याण्डको बील परित हुनमा सजिले बन्नेछ’ विमल गुरुङले अझ भने। यसक्रममा उनले उक्त बिजयको निम्ति भाजपा नेतृत्वलाई बधाई दिनका निम्ति केहि दिनपछि दिल्ली प्रस्थान गर्ने पनि जानकारी दिएका छन्। 
‘गोजमुमो पार्टीको एउटा प्रतिनिधी टोलि चाँढै दिल्ली जानेछ त्यस टोलिमा म आफै पनि हुनेछ। प्रतिनिधी टोलिले चुनावमा बिजयी भएको खुशीमा बधाई दिनेछौँ’ गुरुङले अझ भने।

0 Response to "भाजपाको विजयीमा गोजमुमो हर्षित दिल्ली गएर बधाई दिनेछौँ – विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.