-->
कालेबुङ विज्ञान केन्द्रको आयोजनामा खगोल शास्त्रमा कार्यशाला

कालेबुङ विज्ञान केन्द्रको आयोजनामा खगोल शास्त्रमा कार्यशाला

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 मार्च। कालेबुङ विज्ञान केन्द्रमा खगोल शास्त्र विषयमा कार्यशाला सम्पन्न भएको छ। 
कालेबुङ विज्ञान केन्द्रको आयोजना अनि सिक्किमका याक अनि यति ट्राभल्स एक्सपिडिसन साथै कोलकोताको स्काई वर्कसपको सहयोगितामा खगोल शास्त्रमाथि सम्पन्न कार्यशालामा नक्षत्र, ग्रह, कमेट्स, नेबुला, कन्सटिलेसन, ग्यालेक्सी लगायत टेलिस्कोप निर्माण सम्बन्धि वार्ता सम्पन्न भएको थियो। याक अनि यति ट्राभल्स एक्स्पिडिसनका निर्देशक सतिस बर्देवा, स्काई वर्कसपका प्रमुख सुमन दत्त, कालेबुङ विज्ञान केन्द्रका क्युरेटर डा. बी.बी गुरुङ लगायत कोलकोताबाट कौशिक डे श्रोत व्यक्तिका रूपमा उपस्थित रहेका थिए। यस अवसरमा सप्तश्री ज्ञानपिठ, सन्त अगस्तिन आदिका विद्यार्थीवर्गको पनि कार्यक्रममा सहभागीता रहेको थियो। कार्यक्रममा स्रोत व्यक्तिका रूपमा उपस्थित कौशिक डे अनि सतिस वर्देवाले आकश व्राह्मण्ड अनि खगोल शास्त्र विषयमा वार्ता प्रस्तुत गरेका थिए।

0 Response to "कालेबुङ विज्ञान केन्द्रको आयोजनामा खगोल शास्त्रमा कार्यशाला"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.