-->
पत्रकार प्रज्ज्वल छेत्रीलाई सहयोग गर्नेहरूप्रति रिपोर्टस् कालेबुङको आभार

पत्रकार प्रज्ज्वल छेत्रीलाई सहयोग गर्नेहरूप्रति रिपोर्टस् कालेबुङको आभार

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १० मार्च। रिपोर्टस् कालेबुङको मासिक सभामा पत्रकार प्रज्जवल छेत्रीलाई उपचार्थ सहयोग गर्ने संघ संस्था र व्यक्ति विशेषलाई धन्यवाद ज्ञापन गरिएको छ। रिपोर्टस् कालेबुङको कार्यलय मिट द प्रेसमा आयोजित उक्त मासिक सभामा ‘सेप्टिसेमिया’ रोगले केहि दिन अघि सिकिस्त बनेर न्युटिया गेटवेल नर्सिङ होममा उपचारका निम्ति भर्ना गर्न परेका पत्रकार प्रज्ज्जवल छेत्रीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट उनलाई विदा दिइएको सम्पूर्ण सदस्यवर्गलाई अवगत गराउँदै सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरिएको हो। 
संयोजक मुकेश शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त मासिक सभामा विभिन्न विषयहरूमा चर्चा परिचर्चा सम्पन्न भएको थियो। यसै अवसरमा सेप्टिसेमिया रोगले सिकिस्त बनेका पत्रकार प्रज्ज्वल छेत्रीलाई बचाउनका निम्ति कालेबुङका पत्रकारहरूको समुह ‘रिपोर्टस् कालेबुङ’ले गरेको कार्यबारे पनि सदस्यवर्गलाई जानकारी गराइएको थियो। 
सभापछि रिपोर्टस् कालेबुङको पक्षबाट पत्रकारहरूलाई सम्बोधन गर्दै डी.के. वाइबाले सेप्टिसेमिया जस्तो घातक रोगले सिकिस्त बनेका पत्रकार प्रज्जवल छेत्रीलाई बचाउँनलाई कालेबुङका पत्रकारहरूले जीवन र मृत्युको युद्ध लडेको बताउँदै उक्त जीवन र मृत्युको युद्धमा पत्रकारहरूको एकताले जित हासिल गरेर प्रज्ज्वल छेत्रीलाई बचाउँन सफल बनेको बताएका छन्।
यसक्रममा उनले उपचारका निम्ति एक रूपिया देखि लाखौँ रूपियाँ समेत सहयोग गर्ने सम्पूर्ण व्यक्ति विशेष, संघ संस्थाप्रति आभार व्यक्त गरेका छन्। ‘पत्रकार प्रज्ज्वल छेत्री सेप्टिसेमिया जस्तो घातक बिरामीको शिकार बनेपछि कालेबुङका पत्रकारहरूको समुह रिपोर्टस् कालेबुङले जीवन र मृत्युको युद्द नै लड्न परेको थियो। एकातिर पत्रकार साथीको सोंचनीय अवस्था अनि अर्कोतर्फ उपचारको निम्ति लाग्ने लाखौँ रूपियाको खर्च जोगाड गर्न हामी पत्रकार साथीहरूमा गतिलो चुनौति थियो। यस्तो अवस्थामा हामीलाई सहृदय व्यक्ति विशेष र संघ संस्थालाई सहयोग गरे जसको कारण पत्रकार प्रज्ज्वल छेत्री निको भएका छन्’ डी.के वाइबाले भने। 
उनले एकजना पत्रकारलाई बचाउनका निम्ति समाजका जतिपनि व्यक्ति विशेष र संघ संस्थाहरू खुलेर अघि आए उनीहरूको सहयोग अतुलनीय रहेको बताउँदै बिरामीको पक्ष अनि रिपोर्टस् कालेबुङको तर्फबाट उनले आभार प्रकट गरेका छन्। ‘पत्रकार प्रज्ज्वल छेत्री सिकिस्त अवस्थाबाट निको भएका छन्। मानवीय मूल्यलाई अक्षुण्ण राखेर एकजना पत्रकारलाई जीवन दान दिनुहुने सम्पूर्ण सहयोगिवर्ग बधाईका पात्रहरू हुन्’ डी.के. वाइबाले अझ भने। 

0 Response to "पत्रकार प्रज्ज्वल छेत्रीलाई सहयोग गर्नेहरूप्रति रिपोर्टस् कालेबुङको आभार"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.