-->
कालेबुङ महाविद्यालयमा इग्नुको इन्डक्सन मिटिङ सम्पन्न

कालेबुङ महाविद्यालयमा इग्नुको इन्डक्सन मिटिङ सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ, ११ मार्च। कालेबुङ महाविद्यालयमा इग्नुको शैक्षिक सत्र जनवरी २०१७ मा विभिन्न विषयमा भर्ना लिने ४३ लर्नरहरूलाई लिई इन्डक्सन मिटिङ सम्पन्न भयो। सभाको अध्यक्षता महाविद्यालयका प्राचार्य डा. आर.पी ढकालले गरेका थिए भने मुख्य अतिथिका रूपमा प्राथमिक शिक्षक प्रशिक्षण केन्द्रका प्राचार्य मनिन्द्र भुजेल उपस्थित रहेका थिए भने ईग्नु रिजनल सेन्टरका रिजनल डाइरेक्टर विश्वजित भौमिक विशेष रूपले उपस्थित रहेका थिए। 
कालेबुङ महाविद्यालय अधिनस्थ रहेका इग्नु स्टडी सेन्टरका काउन्सिलर डा. डी. सी रोय, प्रा. गोपालचन्द्र मण्डल, प्रा. देवदत्त राई आदिको उपस्थितिमा सम्पन्न इन्डक्सन मिटिङमा स्टडी सेन्टरका को-अर्डिनेटर श्री सञ्जय छेत्रीले स्वागत भाषण राखेका थिए। यस अवसरमा स्वागत भाषणको क्रममा उनले कालेबुङ महाविद्यालय स्टडी सेन्टरलाई ग्र्याजुएट, पोस्ट ग्र्याजुएट अनि सर्टिफिकेट कोर्स गरी मोठ १४ वटा विषयहरू भर्ना लिने र काउन्सिलिङ गर्ने अनुमति प्रदान गरेको जानकारी गराएका थिए। 
यसक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै ईग्नु रिजनल डाइरेक्टर विश्वजित भौमिकले शिक्षा लिन चाहनेहरूका निम्ति ईग्नुले दुरशिक्षा माध्यमबाट विभिन्न विषयहरूमा शिक्षा प्रदान गरिरहेको जानकारी गराउँदै यसले भारत देशबाहेक विदेशमा समेत शिक्षा प्रदान गर्ने कार्य गरिरहेको जानकारी गराएका थिए। 
‘ईग्नु एउटा प्रतिष्ठित विश्वविद्यालय हो। उच्च शिक्षा लिन चाहनेहरूका निम्ति ईग्नु सर्वश्रेष्ठ विश्वविद्यालय हो। यहाँ शिक्षार्थीहरूले आफुले चाहे जस्तै शिक्षा आर्जन गर्न सक्नेछन्’ रिजनल डाइरेक्टर विश्वजित भौमिकले भने। उनले दुरशिक्षाको माध्यमबाट शिक्षार्जन गर्नका निम्ति ईग्नु सजिलो माध्यम बनेपनि शिक्षार्थीहरूले स्टडी सेन्टरसँग भने सम्पर्क राख्न जरूरी रहेको पनि उनले बताएका छन्। 
यता स्टडी सेन्टरका को-अर्डिनेटर सञ्जय छेत्रीले भने सेन्टरले भर्ना लिन सक्ने एमएइडिएस (मास्टर अफ् आर्ट्स एक्स्‌टेन्सन एन्ड डेभलप्मेन्ट स्टडी), पिजिडिडिएम (पोस्ट ग्र्याजुएट डिप्लोमा इन् डिजास्टर म्यानेजमेन्ट), पिजिडिडब्ल्युडिएस (पोस्ट ग्र्याजुएट डिप्लोमा इन् वुमन एन्ड जेन्डर स्टडी), पिजिडिआरडी (पोस्ट ग्र्याजुएट डिप्लोमा इन् रुलर डेभलप्मेन्ट) अनि पिजिसिइडिएस (पोस्ट ग्र्याजुएट सर्टिफिकेट कोर्स इन् एक्सटेन्सन एन्ड डेभलप्मेन्ट स्टडी)-जस्ता व्यावहारिक विषयहरूमा पाहाडका विद्यार्थीहरूमा अपेक्षित रुचि नदेखिएको जानकारी गराए। 
यता महाविद्यालयका अर्थशास्त्र विभागका प्रमुख अनि इग्नुका एमइसी (मास्टर अफ् इकोनोमिक्स्) र एमएइडिएस (मास्टर अफ् आर्ट्स एक्स्‌टेन्सन एन्ड डेभलप्मेन्ट स्टडी)-का काउन्सिलर डा. डी. सी. रोयले सभामा इग्नुका महत्त्व, पाठ्यसामग्री, अध्ययन र मूल्याङ्कन प्रणालीबारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए। सभामा मुख्य अतिथिका रूपमा उपस्थित प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रका प्राचार्य छेत्रीले दुरशिक्षाको माध्यमबाट ईग्नुले आजसम्म उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको जानकारी गराउँदै उच्च शिक्षा लिन चाहनेहरूका निम्ति ईग्नु खुबै मान्य विश्वविद्यालय रहेको बताए।

0 Response to "कालेबुङ महाविद्यालयमा इग्नुको इन्डक्सन मिटिङ सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.