-->
एसयुएमआई विद्यालयमा राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थानद्वारा शैक्षिक यात्रा सञ्चालन

एसयुएमआई विद्यालयमा राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थानद्वारा शैक्षिक यात्रा सञ्चालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 मार्च। एसयुएमआई विद्यालयमा ड्रप आउट विद्यार्थीवर्गलाई मूलधारामा ल्याउनका निम्ति राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थान अन्तर्गत माध्यमिक अनि उच्चतर माध्यमिक शैक्षिक सत्र सञ्चालन सुरु गरेको छ। यसबारे विद्यालयका प्रधान अध्यापक नभरत्न प्रधानले पत्रकार सम्मेलन डाकेर जानकारी गराएका छन्।
कालेबुङमा एसयुएमआई विद्यालयले शैक्षिक क्षेत्रमा धेरै कार्य गर्दै आएको अवस्थामा यसपल्ट राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थान मार्फत शैक्षिक सत्रको सुरुआत गरेको छ। विशेष गरेर ड्रप आउट भएका विद्यार्थीवर्गलाई शैक्षिक विकास गर्नका निम्ति हामीले यस पहल सुरु गरेका थियौँ जसलाई राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थानले अनुमोदन गरेर शैक्षिक यात्रा आरम्भ गर्ने आदेश दिएको छप्रधान अध्यापक नभरत्न प्रधानले भने।

आफुहरूले उक्त शैक्षिक सत्र सञ्चालन गर्नका निम्ति धेरै अघिदेखि नै पहल गर्दै आए पनि कतिपय कार्यले ढिलाई भएको बताउँदै आखिरमा शैक्षिक सत्र सञ्चालन गर्ने आदेशले सम्पूर्ण ड्रप आउट विद्यार्थीवर्गलाई लाभ पुग्ने बताएका छन्। 
राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थान अन्तर्गत माध्यमिक अनि उच्च माध्यमिकको निम्ति भर्ना खुलेको छ। कालेबुङको एसयुएमआई विद्यालयमा सञ्चालन हुन लागेको यस शैक्षिक सत्रमा कला, विज्ञान अनि वाणिज्य विभाग समावेश रहेको छ। कुनै पनि विद्यार्थीले कुनै पनि विभागमा भर्ना लिन सक्नेछन्प्रधान अध्यापक नभरत्न प्रधानले भने। उनले उक्त राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थानद्वारा शैक्षिक सत्र सञ्चालन गर्ने अवसर पाएकोमा एसयुएमआई विद्यालयकै पूर्व विद्यार्थी अशोक चौराशिया अनि मानव संसाधन मन्त्रालयलाई आभार समेत जनाएका छन्। 
गाउँमा नानीहरूले विद्यालयमा अध्ययन गर्दा गर्दै कतिपय कारणले छोड्ने गरेको यथार्थ रहेको छ। यस्तो अवस्थामा स्कूल छोडेका नानीहरूलाई पुन: शिक्षा प्रदान गर्न यो शैक्षिक सत्र आरम्भ गर्नु हाम्रो मुख्य उद्देश्य रहेको होप्रधानले अझ भने। उनले उक्त शैक्षिक सत्र एसयुएमआई अधिनस्थ साधु सुन्दर सिग भोकेसनल ट्रेनिङ सेन्टरमा आरम्भ गर्ने जानकारी गराउँदै त्यहाँ भारत सरकारद्वारा सञ्चालित विभिन्न योजनाहरू सँगै सञ्चालन गर्ने पनि उनले बताएका छन्। 
हामीले भारत सरकारद्वारा सञ्चालित नई मञ्जिल योजनालाई पनि सञ्चालन गर्न लागेका छौँ। जसलाई सरकारले अनुमोदन दिएको छ। त्यस्तै अन्य सरकारी योजनाहरूलाई पनि हामीले सञ्चालन गर्दै आएका छौँ। जुन सरकारी योजनाहरू निशुल्क रहेको छनभरत्न प्रधानले अझ जानकारी गराए। यसक्रममा उनले सरकारद्वारा सञ्चालित योजनाहरू अन्तर्गत विद्यार्थीवर्गले ट्रेनिङ गरे त्यसले रोजगार समेत प्राप्त गर्न सक्ने बताएका छन्। 

0 Response to "एसयुएमआई विद्यालयमा राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थानद्वारा शैक्षिक यात्रा सञ्चालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.