-->
विकास कार्यलाई भोटसँग जोडेर हेर्न हुँदैन – विमल गुरुङ

विकास कार्यलाई भोटसँग जोडेर हेर्न हुँदैन – विमल गुरुङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, २८अप्रेल। ‘विकासका कार्यहरूलाई भोटसँग जोडेर हेर्नु हुँदैन। जनताको समस्या देखेर नै समाधान गर्नलाई विकासको कार्य गरेको हुँ। त्यस कार्यहरूलाई भोटको मुद्दा बनाउँनु ठिक होइन’ उक्त कुरा जीटीए प्रमुख एवम् गोजमुमो अध्यक्ष विमल गुरुङले भनेका हुन्। 
कालेबुङ जिल्लामा डेरा जमाएर बसेका गुरुङले आज रेली रोडदेखि पालासम्म पुग्ने सडकको पुन:निर्माण कार्यको शिल्यान्यास गरेर पत्रकारहरूसँगको विशेष कुराकानीमा उनले उक्त कुरा भनेका हुन्। 
कालेबुङ शहरलाई सोझै रेली समथार समष्टि अनि निम्बोङ गितडाब्लिङ समष्टिलाई जोड्ने उक्त सडकको पुन:निर्माण गर्न 8 करोड 57 लाख अनुमोदन गरिएको छ। सोहि सडकको आज जीटीए प्रमुख विमल गुरुङको बाहुलीबाट पूजा अर्चना गरेर शिल्यान्यास गरिएको हो। यहाँको पुदुङ फाटकमा आयोजित कार्यक्रममा मोर्चा अध्यक्ष विमल गुरूङले नरीवल फुटाउनका साथै रिबन काटेर सडक पुन: निर्माण कार्यको शिल्यान्यास गरेपछि सोझै जीटीएद्वारा निर्माणाधिन चन्द्रमाया उच्चतर माध्यमिक विद्यालयको पनि परिभ्रमण गरेर जानकारी लिएका थिए। 
यस अवसरमा उनले पत्रकारहरूलाई सम्बोधन गर्दै रेली समथार समष्टि अनि निम्बोङ गितडाब्लिङ समष्टिका जनताहरूलाई कालेबुङ शहरसँग जोड्ने उक्त सडकको अवस्था दिनदिनै सोंचनीय बन्दै गएको कारण जीटीएको पक्षबाट जनताको मागलाई ध्यानमा राख्दै सडक पुन: निर्माण कार्यको शिल्यान्यास गरेको बताएका छन्। 
‘रेली समथार भ्रमणमा जाँदा बाटोको सोंचनीय अवस्थाले साधारण जनताले समस्या भोग परिरहेको देखेको थिएँ। जनताको समस्यालाई ध्यानमा राखेर बाटोलाई पुन: निर्माण गर्ने कार्यको थालनी गरिएको हो। यस बाटो निर्माण गर्न अहिलेलाई 8 करोड 57 लाख रूपियाँ अनुमोदन गरिएको छ’ जीटीए प्रमुख विमल गुरुङले भने। हाल कालेबुङ जिल्लामा बसेर नगरपालिका क्षेत्रहरूको भ्रमण गर्दा जनताको वास्तविक समस्या थाह लागेको बताउँदै उक्त समस्याहरूलाई पनि जीटीएले समाधान गर्ने प्रयास गरिरहेको बताएका छन्। 
उनले शिल्यान्यास गरिएको सडकले रेली, पाला, समथार, सुरुक लगायत अन्य क्षेत्रका मानिसहरूलाई धेरै लाभ पुग्ने बताउँदै उक्त कार्यहरू राजनैतिक लाभको निम्ति नगरेको पनि मोर्चा अध्यक्ष विमल गुरुङले स्पष्ट पारेका छन्। 
यसक्रममा हाल उनले कालेबुङ क्षेत्रमा गरिरहेका शिल्यान्यासका कार्यहरू सबै नगरपालिका चुनावका निम्ति भोट माग्ने कार्य मात्र रहेको अन्य राजनैतिकन दलका नेताहरूले लगाइरहेका आरोपलाई गुरुङले सोझै खारेज गरेका छन्। 
‘विकासका कार्यहरूलाई भोटसँग जोडेर हेर्न हुँदैन। जनताको निम्ति गरेको सबै कार्य भोटसँग जोड्नु मूर्खता हो। हालमा गरिएका सबै विकासका कार्यहरू चुनावी कार्यक्रम हो भन्ने आरोप सबै निराधार मात्र हुन्’ विमल गुरुङले अझ भने। 
सोहिक्रममा उनलाई कालेबुङमा जीटीएद्वारा निर्माणाधिन मल्टिस्टोरिड का पार्किङ सम्बन्धि प्रश्न गर्दा ‘जीटीएले सकेसम्म कार्य गरिरहेको छ। कालेबुङमा पार्किङको समस्या भएकै कारण समाधान गर्न मल्टिस्टोरिड कार पार्किङ निर्माण गरिएको हो। कतिपय राजनैतिक स्वार्थ पुर्ति गर्न चाहने मानिसहरूको स्वार्थले उक्त कार्यमा विलम्ब भएको हो’ गुरुङले भने।

0 Response to "विकास कार्यलाई भोटसँग जोडेर हेर्न हुँदैन – विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.