-->
पुस्तकालय अधिकारीवर्गको नियुक्ति गर्नुपर्ने माकपाको माग

पुस्तकालय अधिकारीवर्गको नियुक्ति गर्नुपर्ने माकपाको माग

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 23 अप्रेल। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा रहेका सम्पूर्ण पुस्तकालयहरूमा कर्मचारीवर्ग नियुक्ति गर्नुपर्ने मार्क्सवादी कम्युनिष्ट पार्टीले माग गरेको छ। माकपा नेता तारा सुन्दासले उक्त माग गर्दै जिल्ला पुस्तकालय अधिकारीलाई ज्ञापन पत्र चढाएको जानकारी गराएका छन्। 
उनले आज यहाँको रिपोर्ट्स कालेबुङको कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ‘जीटीए क्षेत्रका पुस्तकालयहरूमा कर्मचारीवर्ग किन नियुक्ति गरिन्दैन?’ भनि प्रश्न गरेका छन्। 
उनले ग्रामीण अनि शहरी क्षेत्रका पुस्तकालयहरूमा सरकारले कर्मचारी नियुक्ति नगरेको कारण पुस्तकालयहरू बन्द हुने अवस्थामा पुगेको बताउँदै समतल क्षेत्रमा भने सरकारले नियुक्ति गरिरहेको दाबी गरेका छन्। 
‘मधेसमा सरकारले पुस्तकालय सञचालनका निम्ति नियुक्ति गरिरहेका छन्। यता जीटीए क्षेत्रमा भने आजसम्म केवल 45 जना मात्र अधिकारीवर्ग रहेका छन्। यस्तो अवस्थामा पुस्तकालय सम्बन्धि अध्ययन गरेर युवावर्गलाई सरकारले नियुक्ति गर्नुपर्नेछ’ तारा सुन्दासले माग गरे। 
उनले जीटीए क्षेत्रमा 54 वटा पुस्तकालय अधिकारी अनि 54 वटा सह पुस्तकालय अधिकारीको रिक्त पद रहेको दाबी गर्दै उक्त रिक्त पदहरूमा झट्ट नियुक्ति दिनुपर्ने माग गरेका छन्। 
यसक्रममा उनले कालेबुङ सन् 2010 मा पोख्रेबुङ, दवाईपानी, राजबाडी, बिजनबारी, सुकुना, लोधोमा, गोरूबथान अनि रेलिङमा ग्रामीण पुस्तकालय निर्माणको निम्ति धनराशी अनुमोदन भएको बताउँदै उक्त ग्रामीण पुस्तकालयहरू निर्माण नभएको पनि आरोप लगाएका छन्।

0 Response to "पुस्तकालय अधिकारीवर्गको नियुक्ति गर्नुपर्ने माकपाको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.