-->
नगरपालिका प्रशासनले जनताको पैसा लुट्नु हुँदैन – तारा सुन्दास

नगरपालिका प्रशासनले जनताको पैसा लुट्नु हुँदैन – तारा सुन्दास

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 1 मार्च। कालेबुङ नगरपालिकामा पिउने पानीको समस्यालाई केन्द्र गरेर माकपा नेता तारा सुन्दासको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले नगरपालिका अधिकारी के.के. लोहारलाई भेट गरेर ज्ञापन सुम्पियो। 
उनले पिउने पानीको समस्यालाई लिएर कालेबुङ नगरपालिका प्रशासनले आजसम्म केहि कार्य नगरेको आरोप लगाउँदै भ्रष्टचारको आरोप समेत लगाएका छन्। 
‘कालेबुङ नगरपालिकाले 22 दिसम्बर 2008 सालमा टेण्डर गरेर हाटबजार, लाल गल्ली, कन्या उच्चतर विद्यालय अनि कारमाईकल ग्राउण्डमा जलभण्डार निर्माण गर्ने भनेको थियो जुन कार्य आजसम्म गरेको छैन। नगरपालिकाले पैसा पनि पायो, पाइप पनि किन्यो तर जनताले भने आजसम्म पिउने पानी पाएका छैनन्’ तारा सुन्दासले भने। यस सम्बन्धमा माकपाले विगत वर्ष पनि नगरपालिकालाई स्मरण गराएको बताउँदै आज पुन: भेटघाट गरेर सोधखोज गर्दा नगरपालिकाले अझ कार्य गर्न समय लाग्ने बताएको जनाएका छन्। 
‘नगरपालिकामा कार्य गर्ने अधिकारीवर्ग जवाबदेहि हुन्। यत्रो पैसा कहाँ गयो जनतालाई जवाब दिनुपर्छ। यदि सही जवाब दिँदैन भने हामी नगरपालिकाको कार्यकारी अधिकारी अनि अभियन्ता विरूद्ध मुद्दा दर्ता गर्नेछौँ’ तारा सुन्दासले स्पष्ट भने। 
उनले नगरपालिकामा कार्यरत अभियन्ताले जनताको पैसालाई भ्रष्टचार गरेको आरोप लगाउँदै जनताले जनताको पैसा खाने प्रतिनिधी चुन्नु हुँदैन भने। 
यसक्रममा नगरपालिकाले आफुहरूलाई उक्त समस्याबारे जवाब दिनका निम्ति माकपा प्रतिनिधी टोलिलाई 15 दिनको समय मागेको बताउँदै यदि 15 दिनभित्रमा सही जवाब नदिए अधिकारी विरुद्ध मुद्दा दर्ता गरेर कानुनी कार्वाही गर्ने स्पष्ट शब्दमा चेतावनी दिएका छन्।

0 Response to "नगरपालिका प्रशासनले जनताको पैसा लुट्नु हुँदैन – तारा सुन्दास"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.