-->
भाजपा वर्तमानमा गोर्खाल्याण्ड बारे चर्चा गर्ने पक्षमा छैन –मंत्री  मुक्तार अबास नकवि

भाजपा वर्तमानमा गोर्खाल्याण्ड बारे चर्चा गर्ने पक्षमा छैन –मंत्री मुक्तार अबास नकवि

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 11 फरवरी । देशको सत्तामा रहेको अनि भर्खरै उत्तर प्रदेश र उत्तराखण्ड्मा विजयी बनेको भारतिय जनता पार्टिले गोर्खाल्याण्ड राज्य निर्माणबारे संसदमा प्रस्तावना राख्ने सोँच नै राखेको छैन । के गोर्खाहरुको सपना गोर्खाल्याण्ड्को मागको पक्षमा भाजपा सरकार छ भनि केन्द्रिय अल्पसंख्यक मंत्री मुख्तर अब्बास नकविलाई प्रश्न गर्दा उनले छैन भन्ने नकारात्मक उत्तर दिए। 
अब्बाससंग कालिमन्युजका प्रतिनिधिले उनको दिल्ली स्थित निजि बासस्थानमा भेट गरेर, गोर्खाल्याण्डको मागलाई लिएर भाजपाले केहि सोचेको छ भन्ने प्रश्न गर्दा तिनले सोझो उत्तर दिदैभने "आहिले पार्टीले गोर्खाल्याण्डको सन्दर्भमा केही सोचेको र आपस्तमा चर्चा पनि गरेको छैन ।" तिनले भने कि, "अहिले भाजपा केन्द्रमा सत्तामा छ अनि यसले आफ्नो प्रभाव बंगालको सिमासंग जोड़ीएर् बसेको असम राज्यसम्म बिस्तार गर्दै आइसकेको छ अब आउदो चुनाउमा तृणमूललाई यसले ठुलै झटका दिने र् बंगालमा पनि परिवर्तन ल्याउनेछ"। 
यसै सन्दर्भमा तिनले भने "भाजपाले बर्तमान समयमा भइरहेको चुनाउमा राम्रो परिणाम ल्याएको छ अनि अझै ल्याउने छ।" दार्जीलिंग पहाडमा भाजपाको स्थिति र गोर्खाल्याण्ड राज्य निर्माण बारे प्रश्न गर्दा तिनले यो चर्चा नै नचलेको कुरा खुलासा गरे। 
भाजपाको घटक दल मानेको या भाजपालाई समर्थन दिएको गोजमुमोले गोर्खाल्याण्ड निर्मणको निम्ति भाजपा सरकारले समर्थन गरेको र आफ्नो शासनको समय गोर्खाल्याण्ड राज्य निर्माण गर्नेछ भन्ने दाबी गरेको छ त भन्ने प्रश्न राख्दा उत्तर दिदै मंत्रीले भने कि गोर्खाल्याण्ड होस वा बिदर्भ होस कुनैको पक्षमा पनि भाजपा छैन । 
भाजपाको मंत्रीले गोर्खाल्याणडको अहिले कुनै चर्चा नभएको अनि दार्जीलिङ्गको सांसदले संसदमा गोर्खाल्याण्डको बिल ल्याउन नसक्ने कुरा गरेकोले गोर्खाहरुको आषामा धोका भैअरहेको जानिफकारहरु बताउछन। अर्कोतिर बिदर्भ राज्य निर्माणको निम्ति बिदर्भ राज्यका पक्षधर नेताहरुले दिल्लीमा बिपक्षी नेताहरु अनि बिपक्षी सांसदहरुको घरदैलोतिर हस्ताक्षर समर्थन जुटाउन लागि रहेकाछन। यता पहाड़का नेताहरु भने दार्जीलिङकै सांसदको आषामा रहदै कतै उनले भर्खरै प्रारम्भ भएको सत्रमा बिल ल्याउने छन कुरोमा आशांवित छन । 
यता अलग राज्य बनाउने क्रममा बिदर्भ राज्य गठन गर्न स्मल स्टेट फेडरेसनका अध्यक्ष आर के तमारले भने "यो संसद सत्रमा बिदर्भ राज्य निर्माणको निम्ति बिल पेश गर्न सक्दो तयारी गरिरहेकोछु । गोर्खा राज्य निर्माणका अध्यक्ष दावा पाखरिननसंग तालमेल खुबै मिलेको छ् ।" तिनले अझै भने यो संसद सत्रमा बिदर्भलाई राज्य बनाउने काम पक्का हुनेछ अनि गोर्खाल्याण्डको निम्ति पनि आवाज उठाइने छ ।

0 Response to "भाजपा वर्तमानमा गोर्खाल्याण्ड बारे चर्चा गर्ने पक्षमा छैन –मंत्री मुक्तार अबास नकवि"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.