-->
चालक सङ्गठनद्वारा मन्त्री अरूप विश्वासलाई ज्ञापन

चालक सङ्गठनद्वारा मन्त्री अरूप विश्वासलाई ज्ञापन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 16 फरवरी।  कालेबुङ मेन लाइन ट्याक्सि ड्राइभर वेल्फेयर एसोसिएसन अनि ट्रक डाइभर एसोसिएसनले चालकवर्गले मन्त्री अरूप विश्वासको बाहुलीबाट तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेको एकदिन पछि आज मन्त्री विश्वासलाई भेट गरेर ज्ञापन पत्र सुम्पेका छन्। 
उनीहरूले मन्त्री विश्वासलाई डेलोमा भेट गरेर कालेबुङको ब्रिटिस कालिन मोटर स्ट्याण्डलाई बहुतल्ले कार पार्किङ निर्माण गर्नुपर्ने, ठाउँ ठाउँमा फ्लाइओभर निर्माण गर्नुपर्ने, बाटो किनारामा मानिसहरू हिँड्नका निम्ति व्यवस्थित फुटपाथको निर्माण गर्नुपर्ने माग गरेको छ। यस सम्बन्धमा चालक सङ्गठनका सचिव रिचार्ड भुजेलले एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन्।

0 Response to "चालक सङ्गठनद्वारा मन्त्री अरूप विश्वासलाई ज्ञापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.