-->
विभिन्न पार्टीबाट तृणमूल कङ्ग्रेसमा सामेल

विभिन्न पार्टीबाट तृणमूल कङ्ग्रेसमा सामेल

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 21 फरवरी। विभिन्न राजनैतिक पार्टीहरू त्यागेर तृणमूल कङ्ग्रेस पार्टीमा सामेल हुने क्रम बडेको छ। यसैक्रममा आज गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि जन आन्दोलन पार्टी त्यागेर 15 जना मानिसहरू तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएका छन्। 
तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएकाहरूलाई आज यहाँको दस माइल स्थित तृणमूल पार्टी कार्यलयमा हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष छेवाङ भोटिया, गौलन लेप्चा, के.एन सुब्बा, ढेण्डुप भोटिया आदिको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरिएको थियो। 
यसक्रममा गोर्खा जन मुक्ति मोर्चाका अस्थायी कर्मचारी सङ्गठनमा पहिलो आउने क्रम सुरु भएको छ। विशेष गरेर जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनका देवराज छेत्रीले गोजमुमो पार्टी त्यागेर तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेपछि अब अस्थायी कर्मचारी सङ्गठनमा पैह्रो जाने सम्भावना बढेको छ। 

0 Response to "विभिन्न पार्टीबाट तृणमूल कङ्ग्रेसमा सामेल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.