-->
कालेबुङ जिल्ला गठनको श्रेय लियो गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले

कालेबुङ जिल्ला गठनको श्रेय लियो गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 फरवरी। गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले छुट्टै कालेबुङ जिल्ला गठनको श्रेय लिएको छ। गोरानिमो अध्यक्ष दावा पाख्रिनले छुट्टै कालेबुङ जिल्ला गठनको माग सर्वप्रथम आफुहरूले नै उठान गरेको दाबी गर्दै जिल्ला गठन हुनुमा गोरानिमो पार्टीको मुख्य भुमीका रहेको दाबी गरेका छन्। यसै अवसरमा गोरानिमो पार्टीले आज छुट्टै कालेबुङ जिल्ला गठनको खुशीयाली मनाएको छ। 
हिलटप स्थित पार्टी कार्यलयमा आज गोरानिमो अध्यक्ष दावा पाख्रिनको विशेष उपस्थितिमा पार्टी कार्यकर्ताहरूले जिल्ला गठनको खुशीयाली पालन गरेका थिए। डा. हिरालान पासवानको अध्यक्षतामा पालन गरिएको उक्त कार्यक्रममा विभिन्न स्थानबाट पार्टी कार्यकर्ताहरू उपस्थित रहेका थिए। यस अवरमा गोरानिमो केन्द्रिय समितिको घोषणा पनि गरेको छ। 
उक्त केन्द्रिय समितिमा अध्यक्षका रूपमा दावा पाख्रिन, उपाध्यक्ष हिरालाल पासवान अनि जोहन पौड्याल, सचिव दुर्गा पोख्रेल आदि चयन गरिएको घोषणा गरिएको छ। यस अवसरमा दावा पाख्रिनले कालेबुङ जिल्ला गठन हुनुमा ब्रेन चाइल्ड गोरानिमो पार्टीको रहेको दाबी गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड पनि गोरानिमो पार्टीले ल्याउने दावा पाख्रिनले दाबी गरेका छन्।

0 Response to "कालेबुङ जिल्ला गठनको श्रेय लियो गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.