-->
जन आन्दोलन पार्टीको आयोजनामा कालेबुङ जिल्ला सम्बन्धि सर्बदलिय बैठक सम्पन्न

जन आन्दोलन पार्टीको आयोजनामा कालेबुङ जिल्ला सम्बन्धि सर्बदलिय बैठक सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 फरवरी। पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्ला अस्तित्वमा आउनका निम्ति केवल पाँच दिन मात्र बाँकी रहेको अवस्थामा नयाँ जिल्लाको प्ररूप अनि सम्भावनाहरूलाई लिएर जन आन्दोलन पार्टीले सर्वदलिय बैठक सम्पन्न गरेको छ। 
कालेबुङको टाउन हलमा सम्पन्न भएको उक्त सर्बदलिय बैठकमा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री, सर्वोच्च नीति निर्धारण समितिका सदस्य अनमोल प्रसाद, मार्क्सवादी कम्युनिष्ट पार्टीका तारा सुन्दास, अल इंडिया कङ्ग्रेस पार्टीका दिलिप प्रधान, गिरिस कौल लगायत होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अनि विभिन्न व्यक्ति विशेष एवम् सामाजिक सङ्गठनहरूको उपस्थिति रहेको थियो। यद्यपी उक्त सर्बदलिय वैठकमा गोजमुमो, क्रामाकपा, गोर्खालिग जस्ता राजनैतिक दलका प्रतिनिधीवर्ग भने उपस्थित रहेका थिएनन्।
उक्त सर्वदलिय बैठकमा नयाँ जिल्लाको रूपमा अस्तित्वमा आउन लागेको कालेबुङ जिल्लामा के कस्ता सम्भावनाहरू रहेको छ अनि यस जिल्लालाई सञ्चालन गरेर कसरी नमुना जिल्लाको रूपमा स्थापित गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको थियो। 
यस सम्बन्धमा डा. हर्कबहादुर छेत्रीसँग जान्न चाहँदा उनले कालेबुङ जिल्लालाई नयाँ सम्भावनाहरूबारे नमुना जिल्लाको रूपमा स्थापित गर्नका निम्ति विभिन्न राजनैतिक दल अनि संघ-संस्थाबाट सुझाव सल्लाह लिने कार्य गरेको जानकारी दिएका छन्।

0 Response to "जन आन्दोलन पार्टीको आयोजनामा कालेबुङ जिल्ला सम्बन्धि सर्बदलिय बैठक सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.