-->
गोर्खा जनकल्याण मञ्चले कालेबुङमा जनसभा गर्ने अनुमति नपाएको आरोप

गोर्खा जनकल्याण मञ्चले कालेबुङमा जनसभा गर्ने अनुमति नपाएको आरोप

File Photo
डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 फरवरी। गोर्खा जनकल्याण मञ्चले कालेबुङमा जनसभा गर्ने अनुमति प्रशानबाट प्राप्त नभएको जन कल्याण मञ्चका महासचिव सञ्जय ठकुरीले आरोप लगाएका छन्। 
उनले गत 6 फरवरीका दिन जनसभा गर्ने प्रशासनलाई अनुमति मागे पनि उक्त जनसभाको अनुमति प्रशासनले 9 फरवरीका दिन दिएको अनि पुन: 11 फरवरीका दिन जनसभा गर्ने अनुमति माग्दा प्रशासनले अनुमति नदिएको पत्रकार सम्मेलन डाकेर आरोप लगाएका हुन्। प्रशासनले यसरी जनसभा गर्ने अनुमति नदिएर दमन नीति अप्नाएको आरोप लगाउँदै गोर्खाल्याण्डको आवाजलाई दबाउने षडयन्त्र रहेको सञ्जय ठकुरीले आरोप लगाएका छन्। 
आफुहरूले कालेबुङमा जनसभा गरेर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाबारे जनतालाई जागरूक गराउन चाहेको दाबी गर्दै आजसम्म गोर्खाल्याण्डको कुरा गर्ने राजनैतिक दलहरूले सही ठाउँमा कुरा उठाउन नसकेको आरोप पनि लगाए। उनले गोर्खा जनकल्याण मञ्चसित गोर्खाल्याण्डको रोडम्याप रहेको दाबी गर्दै सोहि रोडम्यापमा हिँड्न सके निश्चित गोर्खाल्याण्ड हुने पनि दाबी सञ्जय ठकुरीले गरेका छन्।

0 Response to "गोर्खा जनकल्याण मञ्चले कालेबुङमा जनसभा गर्ने अनुमति नपाएको आरोप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.