-->
क्रामाकपाद्वारा पोष्टरिङ

क्रामाकपाद्वारा पोष्टरिङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 9 फरवरी। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले कालेबुङको विविध समस्याबारे शहरमा पोष्टरिङ गरेको छ। क्रामाकपा कालेबुङ शहर जोनल कमिटिद्वारा गरिएको पोष्टरमा शहरको जल्दोबल्दो समस्याहरूको उठान गरिएको छ। 
कालेबुङ शहरमा बढ्दो पिउने पानीको समस्या, डम्पिङको समस्या, शहर संलग्न क्षेत्रमा पुग्ने बाटोहरूको समस्या आदिबारे पोष्टरमा क्रामाकपाले उठान गरेको छ। यसबारे क्रामाकपा कालेबुङ शहर जोनल कमिटिका संयोजग बिक्रम छेत्रीले शहरमा बड्दो समस्याबारे सम्बन्धित निकायको जवाबदेहीता रहेको बताउँदै समस्याको समाधान नभएसम्म क्रामकपा चुपो लागेर नबस्ने बताएका छन्। 
‘कालेबुङ शहरमा समस्याहरूको थुप्रो लागेको छ। पिउने पानी, बाटो, ट्राफिक, मैला व्यवस्थापन सबै समस्याले शहरवासी समस्यामा परेका छन्। उक्त समस्याहरूको स्थायी समाधान गर्ने आजसम्म कार्य भएको छैन। सम्बन्धित निकायले यसको जवाब समेत दिएका छैनन्। समस्या समाधान नभएसम्म क्रामाकपा मौन बस्नेछैन’ विक्रम छेत्रीले भने।

0 Response to "क्रामाकपाद्वारा पोष्टरिङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.