-->
पर्यटन स्थल पुग्ने बाटोहरू नबनाएको माकपाको आरोप

पर्यटन स्थल पुग्ने बाटोहरू नबनाएको माकपाको आरोप

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 फरवरी। पर्यटनको मौसममा पर्यटन क्षेत्रमा पुग्ने सडकहरूको अवस्था भने जीर्ण रहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। उनले विभिन्न पर्यटन क्षेत्रमा पुग्ने बाटोहरूको टेन्डर भए पनि ठेकादारहरूले बाटो बनाउने कार्य नगरेको दाबी गरे। 
कालेबुङ महकुमाको रेली क्षेत्र, सिल्लेरी बस्ती, रेली पाला, रेसप, लभा, लोलेगाउँ सबै क्षेत्रमा पुग्ने बाटोहरूको अवस्था जीर्ण हुँदा समेत नेताहरू भने रातो बत्ति बालेर हिडेको तर बाटो निर्माण भने नगरेको उनले दाबी गरे। ‘नेताहरू रातो बत्तीमा हिँडेर मात्र होइन जनताको निम्ति बाटो निर्माण कार्य गर्नुपर्छ। पर्यटकहरू हिँड्ने बाटोमा अहिले पर्यटकहरू वाहनबाट ओर्लिएर हिँड्न पर्दैछ। यस्तो अवस्थामा नेताहरूले किन काम गर्दैनन्। जीटीए र सरकारले बाटोको दुरदशा देखेको छैन?’ माकपा नेता सुन्दासले प्रश्न गरे। 
यसक्रममा उनले तृणमूल नेता एव पर्यटन मन्त्री गौतम देवले केहि समय अघि कालेबुङ भ्रमणमा आउँदा पर्यटन स्थलहरूमा पुग्ने बाटो निर्माण गर्ने दाबी गरे पनि उक्त दाबी केवल जनतालाई ‘हावा मिठाई’ मात्र रहेको उनले आरोप लगाए। पहाडका जनता लाटा सिधा भएको कारण नै जनतालाई ढाँट्ने कार्य नेताहरूले गरिरहेको पनि उनले आरोप लगाए। 
यसक्रममा सरकारले जनताको हितमा कार्य नगरेको आरोप लगाउँदै जनताले अब आवाज उठाउनुपर्ने आह्वान गरे। 
‘सीपीएम पार्टीले जनताको हितमा कार्य गर्न टाउकोमा कफन बाँधेर निस्केको हो। हामी जनताको निम्ति काम गर्नेछौँ’ उनले भने। यसक्रममा उनले जीटीए प्रमुख विमल गुरुङ प्रति पनि कटाक्ष गर्दै उनले घोषणा गरेका कार्यहरू आजसम्म पुरा नगरेको आरोप लगाए। 
‘रेलीमा वाटर किङडम र डेलोदेखि रेलीसम्म पुग्ने रोपवे कता पुग्यो? जीटीए प्रमुख विमल गुरुङले शिल्यान्यास गरेको उक्त कार्य किन भएन?’ सुन्दासले प्रश्न तेर्साए। यसक्रममा उनले जनतालाई नेताहरूले भोटको समयमा भोट माग्न मात्र होइन भोट जित्ने नेताले काम गर्नुपर्ने पनि आह्वान गरे। 

0 Response to "पर्यटन स्थल पुग्ने बाटोहरू नबनाएको माकपाको आरोप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.