-->
तक्निकी सप्ताह अनि रबी कृषी मेला सम्पन्न

तक्निकी सप्ताह अनि रबी कृषी मेला सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 21 फरवरी। दार्जीलिङ कृषी विज्ञान केन्द्र, उत्तर बङ्ग कृषी विश्वविद्यालय अनि ईन्डियन एग्रिकल्चर रिसर्च ईन्सटिच्युटको आयोजनामा तीन दिवसीय तक्निकी सप्ताह अनि रवी कृषी मेला सुरु भएको छ। 
उत्तर बङ्ग कृषी विश्वविद्यालयको प्राङ्गनमा सम्पन्न भएको उक्त तक्निकी सप्ताह अनि रवी कृषी मेलामा मुख्य अतिथिका रूपमा विधायिका सरिता राई उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिका रूपमा नाबार्डका रविन्द्रा हास्ता उपस्थित रहेका थिए। मुख्य अतिथिका रूपमा उपस्थित रहेकी विधायिका सरिता राईको बाहुलीबाट दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा कृषकवर्गद्वारा उन्नत प्रजातिका खेतीवाली अनि पुष्प प्रदर्शनी, हस्तकला प्रदर्शनी आदि राखिएको थियो। कार्यक्रममा कृषकवर्गलाई वैज्ञानिकहरूद्वारा अदुवा खेती, अलैँची खेती अनि बन पशुधनबारे तक्निकी प्रशिक्षण पनि प्रदान गरिएको थियो। 
यस अवसरमा कृषी विज्ञान केन्द्रका प्रभारी डा. मेंडल.डब्ल्यु मोक्तान, क्षेत्रिय अनुसन्धान केन्द्रका प्रभारी सुजित सरकार, अनुसन्धान केन्द्रका सह निर्देशक सुमित चक्रवर्ती आदिको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमबारे बोल्दै डा. एम. डब्ल्यु मोक्तानले कृषी सम्बन्धि कृषकवर्गको समस्यालाई बुझ्ने अनि उन्नत प्रजातीको खेती गर्नका निम्ति अनुसन्धानद्वारा निकालीएको तक्निकी सहयोग कृषकवर्गलाई प्रदान गरिनु नै कार्यक्रमको विशेष उद्देश्य रहेको जानकारी दिएका छन्।

0 Response to "तक्निकी सप्ताह अनि रबी कृषी मेला सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.