-->
मुख्यमन्त्री ममता ब्यानर्जी कोलकोता प्रस्थान

मुख्यमन्त्री ममता ब्यानर्जी कोलकोता प्रस्थान

File Photo: Lava info-FB
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 16 फरवरी। तीन दिवसीय सरकारी भ्रमण समाप्त गरेर पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज दिउँसो एक बजे कालेबुङबाट कोलकोता प्रस्थान गरेकी छन्। ]
उनी आज दिउँसो कठोर सुरक्षा व्यवस्था बिच कालेबुङबाट सडक मार्ग भएर बागडोगरा हवाई अड्डा प्रस्थान गरिन भने बागडोगराबाट हवाई मार्ग भएर कोलकोता प्रस्थान गरिन। 
गत 13 फरवरीका दिन कालेबुङ आइपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले 14 फरवरीका दिन पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्लाको औपचारिक उद्घाटन पछि 15 फरवरीका दिन कालेबुङ जिल्लाको पहिलो प्रशासनिक वैठक गरेकी थिइन्। उक्त चार दिवसीय भ्रमण अवधी कालेबुङ जिल्लाको उद्घाटन सँगै मुख्यमन्त्री ममता ब्यानर्जीले बुद्ध पूर्णीमाको दिन राज्य स्तरीय सरकारी विदाको घोषणा समेत गरेकी थिइन्। 
उनले आज कोलकोता प्रस्थान गर्न अघि डेलो नजिक रहेको फिल्टर हाउस अनि डेलो जलभण्डारको भ्रमण गरेर कालेबुङमा पिउने पानीको सङ्कटबारे जानकारी लिइन।

0 Response to "मुख्यमन्त्री ममता ब्यानर्जी कोलकोता प्रस्थान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.