-->
जापानिज भाषा प्रशिक्षण शिविर समापन

जापानिज भाषा प्रशिक्षण शिविर समापन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 11 फरवरी। कालेबुङ कृषक कल्याण सङ्गठनको आयोजनामा सम्पन्न भइरहेको महिनाव्यापी जापानिज भाषा प्रशिक्षण शिविरको आज समापन भएको छ। कृषक कल्याण सङ्गठनकै भवनमा सम्पन्न भएको उक्त प्रशिक्षण शिविरको समापन समारोहमा मोठ 25 जना प्रशिक्षणार्थीहरूले जापानिज भाषा सम्बन्धि प्रशिक्षण प्राप्त गरेका थिए। 
प्रशिक्षणार्थीहरूलाई समापन समारोहको अवसरमा बाल सुरक्षा अभियानकी सिस्टर एलिसा गुरुङको बाहुलीबाट प्रमाण पत्र प्रदान गरिएको थियो। यस सम्बन्धमा कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले आधुनिक जमानामा भाषा महत्वपूर्ण भएको कारण जापानिज भाषा प्रशिक्षणले विद्यार्थीवर्गलाई लाभ पुग्ने बताएका छन्।

0 Response to "जापानिज भाषा प्रशिक्षण शिविर समापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.