-->
नयाँ जिल्ला सञ्चालनको पूर्वसन्ध्यामा जन आन्दोलन पार्टीद्वारा जन फेस्ट अनि नृत्य प्रतियोगिता सम्पन्न

नयाँ जिल्ला सञ्चालनको पूर्वसन्ध्यामा जन आन्दोलन पार्टीद्वारा जन फेस्ट अनि नृत्य प्रतियोगिता सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 फरवरी। पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्ला आगामी 14 फरवरीका दिनदेखि अस्तित्वमा आउने घोषणा भइसकेको छ। नयाँ जिल्ला अस्तित्वमा आउन केवल पाँच दिन बाँकी रहेको समयमा नयाँ जिल्ला गठनको खुशीयाली जन आन्दोलन पार्टीले भव्यताको साथ पालन गरेको छ। 
यो जमिन भोटाङको हो। कालेबुङ जिल्ला बनिन सक्दैन। जिल्ला बनाउनु हो भने भोटाङ सरकारलाई गएर सोध्नपर्छ’ – गोजमुमो अध्यक्ष विमल गुरुङले विगत वर्ष कालेबुङको मेला ग्राउण्डबाट दिएको भाषणको प्रत्युत्तरमा यसलाई कार्यमा परिणत गरेर जन आन्दोलन पार्टीका कार्यकर्ताहरू नयाँ जिल्ला गठनको खुशीयालीमा जोडदार नाँचेका थिए। 
विमल गुरुङको भाषण केवल भाषण मात्रै रहेको प्रमाणीत गर्दै कालेबुङ जिल्लावासीले नयाँ जिल्लाको उपभोग गर्न पाउनेनैछ भन्ने खुशीयाली मानिसहरूको अनुहारमा स्पष्ट देखिन्थे। सोहि कारण विमल गुरुङ प्रति व्यङ्ग्य प्रहार गर्न नै उनको भाषणलाई प्रस्तुत गरेर खिल्ली उडाएका थिए। 
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने ‘कालेबुङ जिल्ला अस्तित्वमा आउन अब केवल पाँच दिन मात्र छ। हामी चार दिन महकुमा भित्र हुनेछौँ अनि पाँचौ दिनमा हामी नयाँ जिल्लावासी बन्नेछौँ। यो ऐतिहासिक क्षणमा सम्पूर्ण कालेबुङवासीलाई बधाई अनि सरकारप्रति हार्दिक धन्यवाद दिँदछौँ’ । 
उनले कालेबुङ फेस्ट आयोजना गरेर समाजका होनहार कलाकारहरूको प्रतिभालाई बाहिर ल्याउने प्रयास गरेको बताउँदै राजनीति एकठाउँमा भए पनि कलाकारहरूको कलाकृतिलाई समाजदेखि बाहिर निकालेर राष्ट्रिय स्तरमा पुर्यायउने सकारात्मक सोच जन आन्दोलन पार्टीले राखेको पनि बताए|
कालेबुङको मेला ग्राउण्डमा जन आन्दोलन पार्टीको आयोजनामा सम्पन्न भएको कालेबुङ नगरपालिका अधिनस्थ अन्तर वार्ड नृत्य प्रतियोगितामा नगरपालिका क्षेत्रका 23 वटा वार्डका प्रतियोगिहरूले भाग लिएका थिए। कालेबुङ जिल्ला अस्तित्वमा आउँनका निम्ति 5 दिन बाँकी रहेको समयमा नै जन आन्दोलन पार्टीले जन फेस्टको आयोजना गरेर जिल्ला गठनको खुशीयाली भव्यताको साथ पालन गरेको हो। 
कार्यक्रममा नृत्य प्रतियोगितासँगै बिट बक्स प्रतियोगिता पनि सम्पन्न भएको थियो। यस अवसरमा मानिसहरूको व्यापक उपस्थिति रहेको थियो भने नृत्य प्रतियोगितामा विजयी प्रतियोगिहरूलाई मोठ 1 लाख 50 हजार रूपिया नगद राशी सँगै ट्रफी प्रदान गरिएको थियो। 
सोहि कार्यक्रमको साँझको प्रस्तुतीमा भने चर्चित गायक एड्रिन प्रधानले आफ्नो प्रस्तुती दिएका थिए भने जिल्ला गठनको पूर्वसन्ध्यामा कालेबुङवासी कार्यक्रममा जोडदार नाचेर खुशीयाली मनाएका थिए।

0 Response to "नयाँ जिल्ला सञ्चालनको पूर्वसन्ध्यामा जन आन्दोलन पार्टीद्वारा जन फेस्ट अनि नृत्य प्रतियोगिता सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.