-->
लिम्बु विकास बोर्डको वार्षिक सभा सम्पन्न

लिम्बु विकास बोर्डको वार्षिक सभा सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 9 फरवरी। पश्चिम बङ्गाल लिम्बु विकास बोर्डको बार्षिक सभा सम्पन्न भएको छ। पश्चिम बङ्गाल लिम्बु बिकास बोर्ड गठन भएको एक वर्षको अवसरमा सम्पन्न भएको उक्त सभामा विभिन्न स्थानबाट लिम्बु विकास बोर्डका कार्यकारी सदस्यवर्गको उपस्थिति रहेको थियो। 
बोर्डका अध्यक्ष एन.डी लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा आजसम्म सरकारद्वारा प्राप्त सरकारी सहुलियतको सम्पूर्ण विवरण प्रस्तुत गरिएको थियो भने अहिलेसम्म लिम्बु विकास बोर्डद्वारा गरिएको सम्पूर्ण विकास कार्यहरूबारे पनि सभामा उपस्थित कार्यकारी सदस्यवर्गलाई जानकारी प्रदान गरिएको थियो। यसैक्रममा सभामा अब आगामी दिनहरूमा लिम्बु विकास बोर्डले गर्ने विविध विकास कार्यहरूबारे पनि प्रस्ताव पारित गरिएको छ। 
यसक्रममा पश्चिम बङ्गाल लिम्बु बिकास बोर्डका अध्यक्ष एन.डी लिम्बुले जानकारी दिएका छन्। उनले आर्थिक विपन्न परिवारका लिम्बु परिवारलाई सरकारले सहयोग गरेको कारण आभार प्रकट गर्दै अहिलेसम्म लिम्बु बिकास बोर्डले 5 सयवटा घर निर्माण गरेको बताएका छन्। 
‘हामीले आजसम्म 5 सयवटा घर निर्माण गरिसकेका छौँ। अब नयाँ वर्षमा एक हजार घर निर्माण गर्ने लक्ष्य राखेका छौँ। त्यसको निम्ति सरकारलाई अनुरोध गर्नेछौँ’ एन.डी लिम्बुले भने। उनले आजको सभामा विविध योजनाहरूलाई बोर्डले पारित गरेको बताउँदै उक्त विकास कार्यहरू मार्फत विकासका योजनाहरूलाई कार्यन्वय गर्ने स्पष्ट पारेका छन्।

0 Response to "लिम्बु विकास बोर्डको वार्षिक सभा सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.