-->
गोर्खा जनमुक्ति मोर्चामा पैह्रो जाने क्रम जारी .....महकुमा  युवा मोर्चा सचिव लगायत 50 भन्दा अधिक मोर्चा त्यागेर तृणमूलमा

गोर्खा जनमुक्ति मोर्चामा पैह्रो जाने क्रम जारी .....महकुमा युवा मोर्चा सचिव लगायत 50 भन्दा अधिक मोर्चा त्यागेर तृणमूलमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 27 फरवरी। कालेबुङ जिल्ला गठन पछि अहिलेघरी गोर्खा जनमुक्ति मोर्चालाई एकपछि अर्को झट्का लाग्ने क्रम जारी रहेको छ। कालेबुङका सम्पूर्ण अस्थायी कर्मचारीवर्गले गोजमुमो पार्टी त्यागेको घट्ना सेलाउन नपाई आज पुन: गोर्खा जनमुक्ति युवा मोर्चाका महकुमा सचिव विनय घिसिङ, युवा मोर्चा कार्यालय सचिव कमल सुब्बा, महकुमा समितिका सह सचिव गायत्री मुखिया, लगायत कालेबुङ नगरपालिका अधिनस्थ 21 नम्बर वार्डका 50 भन्दा अधिक मोर्चा कार्यकर्ताहरूले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्। 
कालेबुङ जिल्ला अस्तित्वमा आएपछि नयाँ जिल्लाको भ्रमणमा मोर्चा अध्यक्ष विमल गुरुङ भ्रमणमा आउन अघि नै पार्टी भत्किने क्रम तिब्रताको साथमा अघि बढेको छ। उसै त गोजमुमो अध्यक्ष विमल गुरुङले आफु कालेबुङ जिल्लाको भ्रमणमा 27 फरवरीका दिन आउने अगावै घोषणा गर्दै कालेबुङका जनतालाई भेटेर दुखोसो बुझ्ने बताए पनि उनी आज पनि कालेबुङ आइपुगेनन् । यता उनी कालेबुङ जिल्लाको भ्रमणमा आएर जनताको दुखोसो बुझ्न अघि नै जनताले गोजमुमो पार्टी त्यागेर तृणमूलको झण्डा ग्रहण गरेको घट्नाले मोर्चालाई भविष्यमा ठूलै खति हुने सम्भावना बढेर गएको छ। 
यस्तो अवस्थामा गोजमुमो पार्टीको भातृ सङ्गठनका युवा मोर्चा सचिव बिनय घिसिङ, युवा मोर्चा कार्यालय सचिव कमल सुब्बा, महकुमा समितिका सह सचिव गायत्री मुखिया लगायत मोठ 50 भन्दा अधिक आज मोर्चा त्यागेर तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेपछि मोर्चामा अझै पैह्रो जाने सम्भावना व्यापक रूपले अघि बढेको छ। 
केहि दिन अघि सम्ममा गोर्खाल्याण्डको वकालत गर्ने अनि तृणमूल कङ्ग्रेसको विरोध गर्ने मोर्चा कार्यकर्ताहरू यसरी एकपछि अर्को गर्दै अहिलेघरी तृणमूल कङ्ग्रेस पार्टीमा नै सामेल हुन थालेपछि दार्जीलिङ पहाडको राजनीतिमा नयाँ मोड आउने सम्भावना समेत अघि बडेको छ। गोजमुमो पार्टी त्यागेर आज तृणमूल कङ्ग्रेसमा सामेल भएका युवा मोर्चा सचिव विनय घिसिङ, कमल सुब्बा, गायत्री मुखिया लगायत अन्यलाई आज तृणमूल कङ्ग्रेस पार्टीको कार्यालयमा कार्यकारी अध्यक्ष छेवाङ भोटिया, ढेण्डुप भोटिया, गौलन लेप्चा लगायत अन्य नेतृत्ववर्गले झण्डा ग्रहण गराएका थिए भने उनीहरूलाई आज औपचारिक रूपले तृणमूल कङ्ग्रेसमा सामेल गरिएको छ। 
यसक्रममा गोर्खा जनमुक्ति युवा मोर्चा त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएका बिनय घिसिङले सम्बोधन गर्दै गोजमुमो पार्टीका नेताहरूले केवल झुटको राजनीति गरेर चौकि जोगाउने कार्य गर्दै युवाहरूलाई केवल प्रयोग गर्ने कार्य गरेको आरोप लगाएका छन्। ‘नेताहरूले आजसम्म जनतालाई केवल आश्वासन मात्र दिएका छन्। यहाँ झूटको राजनीति गरेर नेताहरूले आफ्नो भण्डार भर्दै जनतालाई केहि दिन सकेको छैन। यस्तो अवस्थामा अब ढाँट्को राजनीति र नेताहरूलाई ठूलो बनाउन होइन तर जनताको हितमा काम हुनपर्छ भनेर मैले तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएको हुँ’ बिनय घिसिङले भने। उनले आफ्नो सम्बोधनको क्रममा गोजमुमो नेताहरूले केवल गोर्खाल्याण्डको नाउँ गरेर जनतालाई ठगेको आरोप लगाउँदै युवाहरू बेरोजगार बनेर पलायन हुँदा समेत नेताहरूले भने केवल आफ्नो स्वार्थ पुरा गरिरहेको आरोप लगाएका छन्। 
यसैक्रममा यता गोर्खा जनमुक्ति युवा मोर्चाका कार्यालय सचिव कमल सुब्बाले पनि गोजमुमो पार्टीले केवल छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको नाउँमा राज मात्र गरेको आरोप लगाउँदै जनतालाई विकास चाहिए पनि विकासको कार्यहरू भने नगरेको कारण नै आफुहरूले मोर्चा त्यागेर विकासको निम्ति तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेको बताएका छन्।

0 Response to "गोर्खा जनमुक्ति मोर्चामा पैह्रो जाने क्रम जारी .....महकुमा युवा मोर्चा सचिव लगायत 50 भन्दा अधिक मोर्चा त्यागेर तृणमूलमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.