-->
हिमालय राजमार्ग चालक सङ्गठनले राजमार्गलाई दुर्घट्ना मुक्त क्षेत्र बनाउने

हिमालय राजमार्ग चालक सङ्गठनले राजमार्गलाई दुर्घट्ना मुक्त क्षेत्र बनाउने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 8 जनवरी हिमालयन राजमार्ग चालक सङ्गठनको वार्षिक सभा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत गेलखोलामा सम्पन्न भएको छ। उक्त सभामा राजमार्ग चालक सङ्गठकमा सदस्यवर्गको व्यापक उपस्थिति रहेको थियो। सभामा चालक सङ्गठनको वार्षिक आय-व्ययको हर हिसाब अनि वृद्ध चालकवर्गलाई सम्मान गरिएको थियो। 
यसक्रममा राजमार्गमा बढ्दो दुर्घटना रोकथामको निम्ति के कस्ता पहल गर्नुपर्ने अनि दैनिक नशालु पदार्थको सेवनमाथि कसरी रोक लागाउनु पर्ने भन्ने विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो। अहिलेघरी राजमार्गमा दैनिक बढीरहेको दुर्घट्नमा हिमालयन राजमार्ग चालक सङ्गठनले पुर्‍याएको योगदान र भविष्यमा पनि यस्ता दुर्घट्नाहरूमा सङ्गठनले सक्रिय भूमिका निर्वाह गर्दै सहयोग गर्ने प्रतिबद्धता लिइएको छ। 
यसक्रममा चालकवर्गले राजमार्गलाई दुर्घट्ना मुक्त क्षेत्र निर्माण गर्नका निम्ति पनि भविष्यमा कार्य गर्दै चालकवर्गलाई आफ्नो सेवाको अवधी मदपान नगरी वाहन हाक्ने आह्वान गरेको छ। यसबारे हिमालयन चालक सङ्गठनका सचिव रबीन थापाले जानकारी दिएका छन्।

0 Response to "हिमालय राजमार्ग चालक सङ्गठनले राजमार्गलाई दुर्घट्ना मुक्त क्षेत्र बनाउने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.