-->
युवाहरूसँग आफ्नो अनुभव बाँढे मन्त्री कुजुरले

युवाहरूसँग आफ्नो अनुभव बाँढे मन्त्री कुजुरले

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 8 जनवरी। डायोसेसन युथ कमिसनको आयोजनामा सम्पन्न भइरहेको चारदिनव्यापी युथ कन्भेन्सनको दोस्रोदिन आज राज्यका जनजाति मन्त्री जेम्स कुजुर सहभागी बनेका थिए। कालेबुङको सन्त अगष्टिन विद्यालयमा आयोजना भइरहेको उक्त कार्यक्रममा मन्त्री कुजुर सपत्नीक उपस्थित रहेका थिए। उक्त युवा कन्भेसन्समा आठ सय भन्दा अधिक युवा युवतीहरू भेला भएका छन् जसमा नेपालभुटानसिक्किमदार्जीलिङ लगायत अन्य स्थानबाट रहेका छन्। 
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री कुजुरले युवाहरूलाई आफ्नो जीवनको उदाहरण प्रस्तुत गर्दै जीवनमा सफलता प्राप्त गर्नका निम्ति परिश्रम गर्नुपर्ने सुझाव राखेका थिए। उनले आजको तक्निकी युगमा युवाहरूले प्रयोग गर्ने तक्निकीको सदुपयोग गर्दा हुने लाभ र दुरूप्रयोग गर्दा हुने हानीबारे पनि जानकारी गराएका थिए। । बिहान प्रार्थनापछि शुरू भएको आजको कार्यक्रममा पहिलो सत्रमा फादर विनय लामाले युवाहरूको सन्दर्भमा आध्यात्मिक प्रवचन पनि दिएका थिए। ‘युवाहरूले परिश्रम गर्न पर्छ। परिश्रमले नै मानिसलाई सफल बनाउँछ। ईश्वरको सङ्गतीले अझ युवाहरूमा आध्यात्मिक चेतना र शारीरिक स्फुर्ति ल्याउनेछ’ मन्त्री कुजुरले भने। उनले सरकारको पक्षबाट पहाडका युवाहरूलाई सकेसम्म हरेक पक्षमा सहयोग गर्ने आश्वासन पनि दिएका छन्। ‘तपाईँहरूलाई कहीँ पनि सहयोग परे भन्नुहोस, म त्यहाँ सक्दो सहयोग गर्नेछु’ उनले अझ भने।
अर्कोतर्फ कार्यक्रमबारे फादर माइकल सिंगले जानकारी दिँदै युवाहरूलाई विभिन्न क्षेत्रहरूमा प्रोत्साहन प्रदान गर्न र उनीहरूमा रहेको नीहित क्षमतालाई बृद्धि गर्नका निम्ति आयोजना गरिएको बताएका छन्। ‘सम्मेलनले युवाहरूमा निहित प्रतिभालाई तिखार्ने कार्य गर्नेछ। उनीहरूभित्र रहेका कला बाहिर आउनेछ अनि सक्षम बनेर अघि बड्न सक्नेछन। कार्यक्रमको मुख्य उद्देश्य नै युवाहरूको आन्तरिक प्रतिभालाई तिखार्नु हो’ फादर माइकल सिंगले भने।

0 Response to "युवाहरूसँग आफ्नो अनुभव बाँढे मन्त्री कुजुरले"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.