-->
मे-फेयर ग्रुप अफ होटलको आयोजनामा सफाई अभियान

मे-फेयर ग्रुप अफ होटलको आयोजनामा सफाई अभियान

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 जनवरी। मे-फेयर ग्रुप अफ होटलको तत्वधानमा स्वच्छ भारत अभियान अन्तर्गत आज कालेबुङ शहरमा सफाइ अभियान गरिएको छ। विशेष गरी कम्पनीका चेयरपर्सन दिलीप रे को जन्मदिनको उपलक्ष्यमा उक्त सफाई अभियान गरिएको हो। उनीहरूले यहाँको हिमालयन होटल परिसरदेखि लिएर महकुमा कार्यालय परिसर, थाना डाडा, डम्बर चोक आदि ठाउहरूमा सफाई गरिएको थियो भने थाना डाँडामा स्वतन्त्र सेनानी दलबहादुर गिरीको सालिगलाई पनि सफाई गर्ने कार्य गरेको थियो। 
कार्यक्रममा मूल रूपले मे-फेयर ग्रुप अफ होटलका उपाध्यक्ष प्रशान्त दास सहित आनन्द कुमार जीना, लालातेन्दु सामन्त रे, प्रभु प्रसाद पानी, निगम बस्नेत आदि उपस्थिति रहेका थिए। उनीहरूले पहिलो चरणमा सफाई अभियान चलाए पछि दोस्रो चरणमा रक्तदान शिविर आयोजना गरिएको थियो। 
यता आगमी दिनमा मे-फेयर ग्रुप अफ होटलले कालेबुङमा हिमालयन होटलदेखि बजारसम्म फुटपाथ बनाउने, सहरमा सुन्दर बगैचा बनाउने आदि कार्यहरू पनि गर्ने योजना बनाएको ग्रुपका उपाध्यक्ष प्रशान्त दासले बताएका छन् ।

0 Response to "मे-फेयर ग्रुप अफ होटलको आयोजनामा सफाई अभियान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.