-->
अखिल भारतीय तामाङ वौद्ध संघको चार दिवसीय अधिवेश सुरू.... वौद्ध पूर्णीमाको दिन सार्बजनिक विदाको माग

अखिल भारतीय तामाङ वौद्ध संघको चार दिवसीय अधिवेश सुरू.... वौद्ध पूर्णीमाको दिन सार्बजनिक विदाको माग

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 21 जनवरी। तामाङ अधिवेशनको पहिलो दिन वौद्ध धर्मावलम्बि हरुलाई सरकारले वुद्ध पूर्णीमाको दिन सरकारी विदाको घोषणा गर्नुपर्ने माग उठेको छ। मङ्पू जनमैदानमा सुरु भएको उक्त अखिल भारतीय तामाङ बौद्ध संघको आयोजनामा 32 औँ चारदिवसीय वार्षिक अधिवेशन वुद्ध पूर्णीमा दिन सरकारले सरकारी विदाको घोषणा गर्नुपर्ने माग उठेको हो। 
सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष तथा विधायक एवम् अखिल भारतीय तामाङ वौद्ध संघका प्रमुख संरक्षक पी.एस गोले मुख्य अथिति रहेको कार्यक्रममा भारतभरीका विभिन्न स्थानबाट तामाङ सम्प्रदायका मानिसहरू सँगै नेपाल घेदुङ संघका महेन्द्र जंग तामाङ, अजितमान तामाङको पनि विशेष उपस्थिति रहेको थियो। मुख्य अतिथि पीएस गोलेको बाहुलीबाट राष्ट्रिय झण्डोत्तलन अनि संघका अध्यक्ष के.एम तामाङको बाहुलीबाट संघको झण्डोत्तलन सँगै अवतारी दिञ्छेन रिम्पोर्छेको बाहुलीबाट पञ्चशील झण्डोत्तलन गरेपछि कार्यक्रमको सुरु भएको थियो। 
कार्यक्रममा अखिल भारतीय तामाङ वौद्ध संघका महासचिव एम.के योञ्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा विभिन्न स्थानबाट आएका शाखा प्रशाखाका प्रतिनिधीवर्गले तामाङ सांस्कृतिक नृत्य अनि साङ्गीतिक प्रस्तुती दिएका थिए। यस अवसरमा वक्ताहरूले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ भाषा, साहित्य संकृतिको जगेरामा जोड दिएका थिए। 
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल भारतीय तामाङ वौद्ध संघका महासचिव एम के योञ्जनले वुद्ध पूर्विमाको दिनलाई सरकारले आधिकारिक सरकारी विदाको घोषणा गर्नुपर्ने माग गर्दै आगा मी 19 मार्चका दिन सिलगडीमा एउटा मौन जुलुस निकालिने बताएका छन्। 
‘वौद्ध धर्मानुरागीहरूका निम्ति सरकारी विदाको माग गर्दै आएका छौँ अनि विगतका दिनहरूमा सरकारलाई समेत ज्ञापन चढाउने कार्य गरिसकेका छौँ। आज अन्य धर्मानुरागीहरूका निम्ति उनीहरूको विशेष दिनमा सरकारी विदाको घोषणा गरिएको छ भने वौद्ध धर्मानुरागीहरूको महत्वपूर्ण दिन वुद्ध पूर्णीमा भने सरकारी विदा नहुनु दुखदपूर्ण हो। यसकारण हामी आगामी 19 मार्चका दिन पश्चिम बङ्गाल बुद्धिष्ट डेभलभमेन्ट अर्गनाइजेसनको मार्फत सम्पूर्ण वौद्ध धर्मानुरागीहरूलाई लिएर सिलगडीमा वृहत मौन जुलुस निकाल्नेछौँ’ एम.के तामाङले भने। उनले उक्त मौन जुलुसमा हजारौँ वौद्ध धर्मानुरागीहरू समावेश भएर सरकारलाई दवाउ बनाएर सरकारी विदाको निम्ति आवज उठाउनुपर्ने आह्वान गरे। उनले उक्त मौन जुलुसमा तामाङ सम्प्रदाय मात्र समावेश नभएर अन्य वौद्ध मार्गीहरू पनि समावेश हुने बताएका छन्। 
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि पी.एस गोलेले तामाङ जातिको भाषा, साहित्य अनि संस्कृतिको जगेरा गर्नका निम्ति तामाङ सन्तानले उल्लेख्यनीय कार्य गरेको अनि यसलाई युवा पुस्ताले अझ बचाएर अघि बडाउनुपर्ने आह्वान गरे। अखिल भारतीय तामाङ वौद्ध संघ केवल तामाङ जातिलाई जनजातिको मान्यता दिलाउनका निम्ति गठन नभएर सम्पूर्ण भारतभरी छरिएका तामाङहरूको उत्थानका निम्ति अघि आएको अनि यस कार्यलाई निरन्तरता दिन अब युवा पिढीले जिम्मेवारी आफ्नो काँधमा लिनुपर्ने पनि गोलेले बताए।
‘आफ्नो जातिको सर्वाङ्गिन विकासको निम्ति सम्पूर्ण तामाङहरूले कार्य गर्नुपर्छ। यसको अर्थ आफ्नो विकासका निम्ति अन्यलाई दबाउनु भन्ने होइन। अन्य सम्प्रदायलाई पनि उत्थानका निम्ति सहयोग प्रदान गर्दै तामङ जाति अघि बढ्नुपर्छ अनि यसले नै सामाजिक सद्भावना पनि बनिएर जानेछ’ पी.एस गोलेले भने। आज समाज राजीनितिको कारण स्वार्थी बनिरहेको अवस्थामा झन्डा र राजनैतिक रङ्ग नहेरेर सामाजिक सद्भावना बनाएर अघि बढ्नु नै तामाङ जातिको प्रवृत्ति हो भन्दै यसलाई कायम राख्नुपर्ने पनि उनले आह्वान गरेका थिए। 
यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अखिल भारतीय तामाङ वौद्ध संघका प्रमुख सल्लाहकार डा. जीएस योञ्जनले जनजाति मान्यताको संघर्षबारे बताउँदै तामाङ भाषाको विकासका निम्ति शब्दकोष निर्माण कार्य भएको अवगत गराएका थिए। शब्दकोष निर्माणले भाषा सिक्नेलाई सहज हुने र यसले भाषाको मानकीकरणमा समेत सहयोग पुग्ने उनले बताए। 
कार्यक्रममा वार्षिक मुख्य पत्र ‘फ्यापुल्लो’ अनि ‘पिङ्गै म्हेन्दो’ को पनि लोकार्पण गरिएको थियो।

0 Response to "अखिल भारतीय तामाङ वौद्ध संघको चार दिवसीय अधिवेश सुरू.... वौद्ध पूर्णीमाको दिन सार्बजनिक विदाको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.