-->
भत्केको साम्दोङ प्राथमिक पाठशालाबारे जीटीएलाई जानकारी छैन – रोशन गिरी

भत्केको साम्दोङ प्राथमिक पाठशालाबारे जीटीएलाई जानकारी छैन – रोशन गिरी

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ,  14 जनवरी।  पेदोङ स्थित साक्योङ बस्ती अन्तर्गत साम्दोङ प्राथमिक पाठशालाको छाना हावा हुण्डरीले उडाएको 9 महिना वितिसक्दा समेत जीटीएलाई कुनै जानकारी नभएको कुरा रोशन गिरीले बताएका छन्। 
साम्दोङ प्राथमिक पाठशालाको जर्जर अवस्थाबारे समाचार प्रकाशमा आएपछि जीटीए शिक्षा विभागका भारप्राप्त सभासद रोशन गिरीलाई टेलिफोनिक सम्पर्क गर्दा उनले प्रतिक्रिया व्यक्त गर्दै ‘मैले उक्त प्राथमिक पाठशालाबारे अहिलेसम्म कुनै जानकारी पाएको छुइन। यस घट्नाबारे आज मात्रै थाहा पाउँदैछु’ भने। यसक्रममा उनले जीटीएले दार्जीलिङ पहाडका मोठ 151 वटा विद्यालयहरूलाई मरमत्ती गर्ने कार्य झट्टै थालनी गर्ने पनि बताएका छन्।
यद्यपी साम्दोंङ  प्राथमिक पाठशालाबारे भने आफुहरूलाई कुनै जानकारी नभएको स्पष्ट पारे। उनलाई ‘साम्दोङ प्राथमिक पाठशालाको जर्जर अवस्थाबारे रिपोर्ट प्रकाशमा आएपछि जीटीएले जाँच गर्नेछ? भनि प्रश्न गर्दा उनले जाँच गर्ने नबताए पनि ‘151 वटा पाठशालाहरू जीटीएले झट्टै मरमती कार्य थालनी गर्नेछ’ भनि जनाएका छन्। अर्कोतर्फ साम्दोङ प्राथमिक पाठशालाको छाना गत 9 महिना अघि हावा हुण्डरीले उडाएको घट्ना प्रकाशमा आएपछि जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले दिएको बयानलाई पनि रोशन गिरीले खारेज गरेका छन्।
‘सम्बन्धित विभागमा अकर्मण्य व्यक्तिहरूको ज्वलन्त उदाहरण साम्दोङ प्राथमिक पाठशाला हो’ भन्ने डा. हर्कबहादुर छेत्रीको बयानलाई रोशन गिरीले पूर्णतय राजनैतिक प्रेरित बयान हो भने। ‘डा. हर्कबहादुर छेत्रीको बयान आधारविहिन आरोप मात्र हो। यो बयान उनको राजनैतिक प्रेरित बयान हो’ रोशन गिरीले प्रतिक्रिया व्यक्त गर्दै भने।

0 Response to "भत्केको साम्दोङ प्राथमिक पाठशालाबारे जीटीएलाई जानकारी छैन – रोशन गिरी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.