-->
युवाहरूलाई नकारात्मक बाटोमा लाग्न नदिनका निम्ति जन आन्दोलन पार्टीद्वारा फूटबल खेल आयोजना

युवाहरूलाई नकारात्मक बाटोमा लाग्न नदिनका निम्ति जन आन्दोलन पार्टीद्वारा फूटबल खेल आयोजना

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 14 जनवरी। युवा शक्तिलाई नकारात्मक कार्यहरूमा लाग्न नदिने उद्देश्य राखेर जन आन्दोलन पार्टीले आयोजना गरेको अन्तर वार्ड फूटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ। 
गत 4 जनवरीका दिनदेखी सुरू भएको उक्त फूटबल खेलको फाइनलमा कालेबुङ नगरपालिकाको वार्ड नम्बर 8 अनि वार्ड नम्बर 13 फाइनलमा प्रवेश गरेका थिए। कारमाइकल ग्राउण्डमा सम्पन्न भएको उक्त फाइनल खेलमा मुख्य अतिथिका रूपमा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री उपस्थित रहेका थिए। 
यस क्रममा उक्त फूटबल खेलमा विभिन्न स्थानबाट मानिसहरू उपस्थित रहेका थिए। हिउँदोका मौसममा सम्पूर्ण विद्यालयहरूको शितकालिन विदा भएपछि उक्त विद्यार्थीवर्गलाई कुलतबाट बचाउन अनि खेलप्रति रूची जगाउन आयोजना गरिएको उक्त फूटबल खेलको फाइनमा कालेबुङका पुराना खेलाडीवर्गलाई पनि सम्मान गरिएको थियो।
यस अवसरमा डा. हर्कबहादुर छेत्रीले युवाहरूलाई प्रोत्साहित गर्न जन आन्दोलन पार्टीले आयोजना गरेको फूटबल खेललाई देखेर भारतीय फूटबल टीमका पूर्व कप्तान अनि तृणमूल कङ्ग्रेस नेता भाइचुङ भोटियाले समेत पहाडमा फूटबल खेल आयोजना गर्ने बयान दिइरहेको बताउँदै व्यङ्ग कसेका छन्।

0 Response to "युवाहरूलाई नकारात्मक बाटोमा लाग्न नदिनका निम्ति जन आन्दोलन पार्टीद्वारा फूटबल खेल आयोजना"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.