-->
दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटिको सभा

दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटिको सभा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 जनवरी। दार्जीलिङ जिल्ला कङ्ग्रेसको कमिटिको आज एक सभा सम्पन्न भएको छ। असमका विधायक नामुल हुड्डाको विशेष उपस्थितिमा सम्पन्न भएको सभामा पूर्व सांसद दावा नर्बुला लगायत अन्य कङ्ग्रेस नेताहरूको उपस्थिति रहेको थियो। सभामा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नोटबन्दीको चर्चा परिचर्चा सङ्गै अन्य राष्ट्रिय अनि क्षेत्रिय मुद्दाहरूबारे चर्चा गरिएको थियो। 
सभामा विशेष गरेर डिस्ट्रिक्ट क्याम्पेन कमिटि अनि डिस्ट्रिक्ट इम्प्लिमेन्टेसन कमिटि गठन गरिएको छ। उक्त कमिटिले केन्द्रिय कमिटिको निर्देशनमा नोटबन्दीको बिरोध गर्दै घर दैलो अभियान चलाएर नोटबन्दीले सिर्जना भएको समस्याबारे जनतालाई अवगत गराउने भएको छ। 
यसका साथै सभामा दार्जीलिङ पहाडमा हुने पञ्चायत चुनाव अनि नगरपालिका चुनावलाई लिएर पनि चर्चा गरिएको थियो। दार्जीलिङ जिल्ला कङ्ग्रेसले दार्जीलिङ पहाडमा जीटीए सम्झौता अनुसार त्रीस्तरीय पञ्चायत चुनाव हुनपर्ने माग गर्दै नगरपालिका चुनाव सरकारले झट्ट गराउनुपर्ने माग गरिएको छ। यसबारे दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटिका संयोजक दिलिप प्रधानले जानकारी दिएका छन्। 
‘कङ्ग्रेस पार्टीले पहाडमा त्रीस्तरीय पञ्चायत चुनावको समर्थन गर्दछ। सरकारले संविधान संशोधन गर्नपर्छ भने त्यो उनीहरूको जिम्मेवारी हो। हामी दुईस्तरीय पञ्चायत चुनाव समर्थन गर्दैनौँ’ दिलिप प्रधानले भने।

0 Response to "दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटिको सभा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.