-->
कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावमा चारवटा राजनैतिक दलका प्रार्थीहरू मैदानमा

कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावमा चारवटा राजनैतिक दलका प्रार्थीहरू मैदानमा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ८ दिसम्बर। कालेबुङ महाविद्यालयमा सम्पन्न हुने छात्र सङ्गठनको चुनावमा गोर्खा जनमुक्ति मोर्चा समर्थित प्राथीहरूलाई यसपल्ट जन आन्दोलन पार्टी, तृणमूल कङ्ग्रेस अनि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा समर्थित प्राथीहरूले चुनौति दिएको छ।
२२ वटा आसनमा आगामी १४ दिसम्बरको दिन सम्पन्न हुने छात्र सङ्गठनको चुनावमा गोजमुमो समर्थित २३ जना प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गरेको छ जसमा एकजना प्रार्थीले नामाङ्कन पत्र फिर्ता लिन नसकेको थाह लागेको छ।
यता कालेबुङ महाविद्यालयमा राज गर्दै आएको गोजमुमो समर्थित प्रार्थीहरूलाई चुनावी मैदानमा टक्कर दिन जन आन्दोलन पार्टीका २२ जना प्रार्थीहरूले २२ वटा आसनमा नै नामाङ्कन पत्र दर्ता गरेर चुनाव लडीरहेको छ भने तृणमूल कङ्ग्रेस समर्थित १७ जना प्रार्थीहरू अनि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाबाट ६ जना प्रार्थीहरू चुनावी मैदानमा ओर्लिएका छन्।
दार्जीलिङ पहाडमा सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चाको उदयपछि कालेबुङ महाविद्यालयमा गोजमुमो समर्थित छात्र सङ्गठनले जरा गाडेको थियो भने यसपालि भने गोजमुमोलाई छात्र सङ्गठनको चुनावमा अन्य राजनैतिक दलका प्रार्थीहरूले कडा टक्कर दिन लागेको हो।
विशेष गरेर आगामी १४ दिसम्बरको दिन सम्पन्न हुन लागेको कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावलाई लिएर महाविद्यालयमा अहिलेघरी कठोर सुरक्षा व्यवस्था बढाउने कार्य भइरहेको छ। चारवटा राजनैतिक दलहरू क्रमैले गोजमुमो, जाप, तृणमूल कङ्ग्रेस अनि गोरानिमो समर्थित प्रार्थीहरू माझ टक्कर हुने चुनावलाई ध्यान राखेर प्रशासनले कालेबुङ महाविद्यालयमा पुलिस प्रशासन सँगै सीआरपी समेत तैनाथ गरेको छ। यता कालेबुङ महाविद्यालयमा सम्पन्न हुन लागेको छात्र सङ्गठनको चुनावले विशेष गरेर कालेबुङमा निक्कै महत्व बोकेको छ।
नयाँवर्षमा सम्पन्न हुने नगरपालिका चुनाव अनि आँउदो जीटीएको चुनावलाई समेत कालेबुङ महाविद्यालयको चुनावले प्रभाव पार्ने सम्भावना व्यापक बनेको छ। अहिलेसम्म कालेबुङ महाविद्यालयमा एकक्षत्र शाषण गरिरहेको गोजमुमो समर्थित छात्र सङ्गठन यदि चुनावमा पराजित भए कालेबुङमा पार्टीको धरातल समेत फुस्कन्दै गएको प्रमाणित हुनेछ।
यसकारण मोर्चाले आफ्नो धरातल बलियो रहेको देखाउन महाविद्यालयको चुनावलाई प्रतिष्ठाको लडाईकै रूपमा लिएको छ भने जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेस लगायत गोरानिमोले पनि मोर्चालाई पराजित गरेर आफूहरूको अस्तित्व महाविद्यालयमा समेत रहेको प्रमाणित गर्न लागिपरेका छन्। यसकारण अहिलेसम्म प्राय: निर्विरोध चुनाव जित्ने गोजमुमो पार्टीलाई यसपल्ट भने कालेबुङ महाविद्यालयमा कडा चुनौतिको सामना गर्न परेको छ।

0 Response to "कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावमा चारवटा राजनैतिक दलका प्रार्थीहरू मैदानमा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.