-->
पहाड़ र मधेसका ईसाईहरुको महासंघ अल क्रिश्चियन माइनरिटी एसोसिएशनको सभा

पहाड़ र मधेसका ईसाईहरुको महासंघ अल क्रिश्चियन माइनरिटी एसोसिएशनको सभा

सिलगढ़ी, 3दिसम्बर 2016: पहाड अनि मधेशका ईसाईहरुको कल्याण अनि विकासको निम्ति छुट्टै राज्य स्तरीय ईसाई कल्याण बोर्डको माग गरिरहेको अल क्रिश्चियन माइनरिटी एसोसिएशन (एसीएमए)-को   महत्वपूर्ण सभा सिलगढ़ीमा बस्यो। सभामा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि सिलगढ़ी महकुमा अन्तर्गत रहेका विभिन्न प्रमुख क्रिश्चियन माइनरिटी संगठनहरुका प्रतिनिधिहरु उपस्थित थिए। उक्त सभाको अध्यक्षता अल क्रिश्चियन माइनरिटी एसोसिएशनकी संयोजिका ज्योतिमा सुब्बाले गरेकी थिइन्। 
सभाको शुरुमा युनाइटेड क्रिश्चियन माइनरिटी सोसाइटी (युसीएमएस) सिलगढ़ी महकुमाका सभापति एल्डर टी. ओ. पान्लुकले स्वागत भाषण दिेए। यस सभामा अल क्रिश्चियन माइनरिटी एसोसिएशनकी संयोजिका ज्योतिमा सुब्बाले पश्चिम बंगाल सरकारद्वारा मान्यताप्राप्त पञ्जीकृत महकुमा र जिल्ला स्तरीय प्रमुख ईसाई माइनरिटी संगठनहरु क्रमैले युनाइटेड क्रिश्चियन माइनरिटी सोसाइटी (युसीएमएस)दार्जीलिङ युनाइटेड  क्रिश्चियन  माइनरिटी सोसाइटी (डीयुसीएमएस)युनाइटेड क्रिश्चियन माइनरिटी वेलफियर सोसाइटी (युसीएमडब्ल्यूएस) अनि अल क्रिश्चियन हिल माइनरिटी एसोसिएसन (एसीएचएमए)  जस्ता सबैभन्दा ठूलो र विस्तृत संगठनहरु निस्वार्थ भावमा एकै म़़ञ्चमा आएर एकिकृत एपेक्स बडी अल क्रिश्चियन माइनरिटी एसोसिएशन (एसीएमए) गठन भएकोमा खुशी व्यक्त गरिन्।  
भर्खरै पहाड भ्रमणको समय कालेबुङ आएकी राज्य माइनरिटी कमिशनकी उपाध्यक्ष प्रो. मरिया फर्नान्डेजले पहाड अनि मधेशका ईसाईहरुको कल्याण अनि विकासको निम्ति छुट्टै राज्य स्तरीय क्रिश्चियन माइनरिटी वेलफेयर बोर्डको मागमा सहयोग पुरयाएकोमा साथै पहल गरिदिएकोमा धन्यवाद दिइन्। एसीएमएको एक टोलीले माइनरिटी कमिशनका उपाध्यक्ष प्रो. मरिया फर्नान्डेजलाई भेटेर नव गठित वृहत्तर र एकिकृत ईसाई माइनरिटी संगठन अल क्रिश्चियन माइनरिटी एसोसिएसनबारे जानकारी दिेएको अनि राज्य सरकार तथा कमिशनसँग यसै समिति मार्फत सम्पर्क गरिसकेको साथै अब उसो आवश्यक कार्यक्रम राख्दै जाने तिनले सभामा अवगत गराइन्।
वक्ताहरुले सभालाई सम्बोधन गर्दै पहाड अनि मधेशमा बहुसंख्यामा रहेको मेनलाइन चर्चहरु रोमन क्याथोलिक, युसीएनआई, सीएनआई, पेन्तिकोस्टल, प्रेस्विटेरियन, एलसद्दाई, फ्री चर्च, स्वपालित तथा स्वतन्त्र चर्चहरु अनि ईसाईहरु यसै वृहत्तर र मजबुत एकिकृत संगठन अन्तर्गत रहेको बताउँदै बहुसंख्यालाई ध्यानमा राख्दै राज्य सरकारले पहाड अनि मधेशका ईसाईहरुको कल्याण अनि विकासको निम्ति कार्य गर्ने आशा व्यक्त गरे। सभामा वक्ताहरुले छुट्टै राज्य स्तरीय ईसाई कल्याण बोर्डले मात्र पहाड अनि मधेशका ईसाईहरुको सुरक्षा, कल्याण अनि विकास हुने बताए। 
वक्ताहरुले पहाडी विकास बोर्डले पहाडदेखि समतलसम्म छरिेएर बसेका समग्र ईसाईहरुको हित नहुने बताउँदै पहाडी विकास बोर्ड अस्वीकार गरे। सिंगो स्वार्थ र पदको निम्ति होइन, तर समग्र ईसाईहरुलाई सोचेर सबै एकै मञ्चमा आई अल क्रिश्चियन माइनरिटी एसोसिएशन (एसीएमए) जस्तो सबैभन्दा ठूलो र वृहत्तर ईसाई माइनरिटी छाता संगठन मार्फत निस्वार्थ रुपमा कार्य भइरहेकोमा वक्ताहरुले हर्ष प्रकट पनि गरे।
दार्जीलिङ पहाड र तराईमा संगठित विभिन्न सम्प्रदाय तथा चर्चका प्रतिनिधिहरु भेला भएको यस सभामा अल क्रिश्चियन माइनरिटी एसोसिएशन (एसीएमए)-को एपेक्स बडीमा रोमन क्याथोलिक (दार्जीलिङ-सिक्किम डायोसेस)-का विशप स्टेफन लेप्चा, युसीएनआई (ईएचसीसी)–का डेपुटी मोडरेटर रेभ. जेम्स पावल सादा, सीएनआईका वरिष्ट पास्टर रेभ. शामूएल लेप्चा, हिमालयन पेन्तिकोस्टल चर्चका वरिष्ट पास्टर रेभ. शाकोम लेप्चा आदि संरक्षक चुनिेए। यसरीनै पश्चिम बंगाल सरकारद्वारा पञ्जीकृत प्रमुख ईसाई माइनरिटी संगठनहरु दार्जीलिङ क्रिश्चियन  माइनरिटी सोसाइटी (डीयुसीएमएस)युनाइटेड क्रिश्चियन माइनरिटी सोसाइटी (युसीएमएस)युनाइटेड क्रिश्चियन माइनरिटी वेलफेयर सोसाइटी (युसीएमडब्ल्यूएस) अनि अल क्रिश्चियन हिल माइनरिटी एसोसिएसन (एसीएचएमए)-आदिबाट थप प्रतिनिधिहरु समावेश गरेर समिति बिस्तार गरियो। सभामा ए. के. राईलाई एसीएमएका आधिकारिक प्रवक्ता अनि मिडिया प्रचार-प्रसार सचिव छानियो।  उक्त समितिमा अन्य ईसाई संगठनहरुलाई पनि यसै मुनि गाभ्ने प्रस्तावना पारित गरियो।
सभाना आफ्नो माइनरिटी संगठनहरुलाई यथावत राख्दै पहाड अनि तराइका विभिन्न ईसाई सम्प्रदायका बहुसंख्यामा रहेको मेनलाइन चर्चहरु र ईसाई माइनरिटी संगठनहरुद्वारा गठन भएको सबैभन्दा ठूलो महासंघ तथा एउटै मञ्च अल क्रिश्चियन माइनरिटी एसोसिएशन मार्फत ईसाई कल्याणअधिकारसुरक्षाको निम्ति कार्य गर्दै देश र समाजको निम्ति पनि उल्लेखनीय भूमिका निभाउन सबै संगठनहरु सहमत भएका छन्।

0 Response to "पहाड़ र मधेसका ईसाईहरुको महासंघ अल क्रिश्चियन माइनरिटी एसोसिएशनको सभा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.