-->
अग्रिम जमानतको विरूद्ध गोर्खालिग सर्वोच्च न्यायालय जाने .......सीबीआईको असक्षमताले आरोपितहरूले अग्रिम जमानत पाएका हुन् – प्रताप खाती

अग्रिम जमानतको विरूद्ध गोर्खालिग सर्वोच्च न्यायालय जाने .......सीबीआईको असक्षमताले आरोपितहरूले अग्रिम जमानत पाएका हुन् – प्रताप खाती

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 14 दिसम्बर। अखिल भारतीय गोर्खालिग पार्टीका अध्यक्ष स्व मदन तामाङ हत्याकाण्डको मामिलामा कोलकोता उच्च न्यायालयले आरोपितहरूलाई अग्रिम जमानत दिएको सन्दर्भमा गोर्खालिग पार्टी न्यायको निम्ति सर्वोच्च न्यायालयमा जाने भएको छ।
कोलकोता उच्च न्यायालयले गोजमुमो अध्यक्ष विमल गुरुङ लगायत सम्पूर्ण आरोपितहरूलाई अग्रिम जमानत दिएको कारण गोर्खालिगले सर्वोच्च न्यायालयको ढोका ढक्ढकाउने निर्णय लिएको छ। उच्च न्यायालयको आदेशलाई चुनौति दिँदै सर्वोच्च न्यायालयमा जाने निर्णय लिएको गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले जानकारी दिएका हुन्।
आरोपितहरूले अग्रिम जमानत पाएपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले भने –‘हामी कोलकोता उच्च न्यायालयको आदेशलाई चुनौति दिन सर्वोच्च न्यायालयमा जानेछौँ।’ यसक्रममा उनले हत्याकाण्डका आरोपितहरूले अग्रिम जमानत पाउँदा साधारण जनताको न्यायालय प्रतिको विश्वास हराएर जानसक्ने पनि खातीले बताए।
‘मदन तामाङ हत्याकाण्डमा जतिपनि आरोपितहरूले अग्रिम जमानत पाए त्यो सीबीआईको खेलाईँचीपनले हो। कोलकोता उच्च न्यायालयमा सीबीआईको पक्षबाट रहेका अधिवक्ताको असमर्थताले आज अग्रिम जमानत पाएका हुन्। हामी आरोपितहरूले अग्रिम जमानत पाएको सन्दर्भमा अत्यन्तै दु:खी छौँ अनि न्यायको निम्ति सर्वोच्च न्यायालयले जानेछौँ’ खातीले भने।
सीबीआईको पक्षबाट मुद्दा लडीरहेका अधिवक्ता ठिक नभएको सन्दर्भमा गोर्खालिगले अघिबाटै सीबीआईका अतिरिक्त निर्देशलाई उजुरी गरेपनि उनीहरूले अधिवक्ता फेरबदल नगरेको पनि खातीले आरोप लगाए। यसबारे गोर्खालिगले सर्वोच्च न्यायालयमा सम्पूर्ण विवरण सँगै प्रस्तुत गरेर न्यायको निम्ति उजुरी गर्ने बताएका छन्।
यसक्रममा आफूहरूले सर्वोच्च न्यायालयबाट न्याय पाउने आशा व्यक्त गर्दै न्याय नपाएसम्म आफूहरू लडीरहने प्रतिबद्धता पनि प्रताप खातीले जाहेर गरेका छन्।

0 Response to "अग्रिम जमानतको विरूद्ध गोर्खालिग सर्वोच्च न्यायालय जाने .......सीबीआईको असक्षमताले आरोपितहरूले अग्रिम जमानत पाएका हुन् – प्रताप खाती"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.