-->
कालेबुङमा पिताले गरे आफ्नै छोराको हत्या

कालेबुङमा पिताले गरे आफ्नै छोराको हत्या

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ १० दिसम्बर। कालेबुङ शहरदेखि लगभग 40 किलोमिटर टाडो गितडाब्लिङ ग्राम पञ्चायत अन्तर्गत पकाङ बस्तीमा 56 वर्षिय पिताले आफ्नै 31 वर्षिय छोराको हत्या गरेको घट्नाले सनसनी छाएको छ। 
प्राप्त जानकारी अनुसार पिता सुकबीर राई (56) अनि उनका एकमात्र छोरा प्रकाश राई (31) माझ बारम्बार घरमा वाद-विवाद हुने गर्दथ्यो। त्यहीँ वाद-विवादकै क्रममा आखिरमा पिताले छोराको हत्या समेत गरेको घट्नाले क्षेत्रमा सनसनी छाएको छ। घट्ना शुक्रबार राती भएको हो।  
पिताले छोराको हत्या गर्न अघि अलैँचीबारीमा लगाउने पानीको पाइपलाई लिएर विवाद भएको थियो। त्यहीँ विवादको क्रममा आवेशमा आएका 56 वर्षीय पिता सुकबीर राईले आफ्नै 31 वर्षीय छोरा प्रकाश राईलाई दाऊराले हिर्काएर घाइते बनाएका थिए। दाऊराले टाउकोमा लागेर गम्भिर चोट लागेपछि घाइते बनेका प्रकाश राईलाई पछिबाट उनकै पिता लगायत परिवारपक्षले बुधबारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका निम्ति लगेका थिए। जहाँबाट उनको अवस्था गम्भिर देखेर कालेबुङ महकुमा अस्पताल रेफर गरिएको थियो। 
प्राथमिक स्वास्थ्य केन्द्रबाट घाइते बनेका प्रकाश राईलाई कालेबुङ महकुमा अस्पताल ल्याउने क्रममा बाटोमा नै प्रकाशले प्राण त्यागेका थिए। त्यसपछि उनलाई कालेबुङ महकुमा अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए। यता पछिबाट पुलिसले उक्त घट्ना वाद विवादको क्रममा पिताले हत्या गरेको हो भन्ने थाह पाएपछि आज आरोपित पितालाई उनको घरबाट पक्राऊ गरेको छ। 
आरोपित पितालाई पुलिसले पक्राऊ गरेर कालेबुङ थानामा ल्याएको छ भने भोलि उनलाई न्यायलयमा पेश गरिने भएको छ। यता मृतदेहलाई पुलिसले आफ्नो अधिनमा लिएर जाँचको निम्ति कालेबुङ महकुमा अस्पतालमा पोष्टमार्टमको निम्ति पठाएको छ।

0 Response to "कालेबुङमा पिताले गरे आफ्नै छोराको हत्या"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.