-->
पहाड र तराइका ईसाईहरु एउटै मंचमा

पहाड र तराइका ईसाईहरु एउटै मंचमा

कालिमन्युज, दार्जीलिंग, 10 दिसम्बर 2016: आज दार्जीलिंग जिल्लाका तिनै महकुमा अनि तराईका ईसाईहरु अनि ईसाई माइनोरिटि संगठहरुलाई लिएर दार्जीलिंगमा एउटा बैठक बस्यो। बैठकमा ईसाईहरुले भोगिरहेका विभिन्न समस्याहरु, अनेकता, अधिकार, सुरक्षा बारे चर्चा परिचार्चा गरियो। ईसाईहरुले राज्य सरकार अनि केन्द्र सरकारले दिएको सहुलियत र सुविधाहरुबाट  वंचित हुन परिरहेको विषयहरुमा पनि छलफल गरियो। ईसाईहरु एक भएर रहनु पर्ने अनि एक भएरै काम गर्नु पर्ने बारेमा जोड दिदै प्रतिनिधीहरुले जोड दिए।
हामी विभिन्न सम्प्रदायका र संगठनका भए पनि एक हुनु पर्ने र एक भएर आवाज उठाउनु पर्ने समय आएको वक्ताहरुले आआफ्नो वक्तव्यमा बताए जसलाई सबैले सहमतीसाथ स्वागत जनाए। ईसाईहरुको हित, सुरक्षा, अधिकारको निम्ति अलग्गै ईसाई विकास बोर्ड गठन हुनुपर्ने माग राज्य सरकार समक्ष राख्ने सभाले प्रस्ताव पारित गर्यो।

अहिले चर्चामा आएको पहाडी माइनोरिटि बोर्ड बारेमा सम्पूर्ण ईसाईहरुले असहमती जनाए। पहाड अनि तराईमा भएका बहुसंख्यक ईसाई माइनोरिटिको निम्ति अलग्गै बोर्ड हुनुपर्ने अनि अलग्गै आफ्नै बोर्ड भएमात्र ईसाईहरुको विभिन्न क्षेत्रमा विकाश हुने मत सबैले प्रकट् गरे। ईसाईहरु अलग अलग भएर छुट्टा छुट्टै बोर्डको माग नगर्ने पनि सभामा अपिल गरियो।

राज्य सरकारलाई ईसाई विकाश बोर्डको निम्ति कोलकोता अनि दर्जीलिंग जिल्लापालसंग भेत भैरहेको पहल बारे सबैले सहमती जनाउदै सहयोग गर्ने वचन दिए। विभिन्न सम्प्रदाय मण्डलीका प्रतिनिधिहरु अनि डीयुसीएमएस, युसीएमएस, युसीएमओ, केयुसीड्ब्ल्युएस्, एसीएचएम्एस जस्ता संगठनहरुका प्रतिनिधिहरु उपस्थित रहेको सभाबाट सबै संगठनका एक एक प्रतिनिधि लिदै यसको निम्ति सातजनाको एक एपेक्स बडी आज गठन गरिएको जानकारी एक विज्ञप्ति मार्फत जनाइएकोछ। 

0 Response to "पहाड र तराइका ईसाईहरु एउटै मंचमा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.