-->
16 वर्षिय किशोरिलाई 67 वर्षिय वृद्धले यौन शोषण गरेको आरोप

16 वर्षिय किशोरिलाई 67 वर्षिय वृद्धले यौन शोषण गरेको आरोप

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 अक्टोबर। कालेबुङमा 16 वर्शिय किशोरीलाई यौन शोषण गरेको घट्ना प्रकाशमा आएको छ। पिढीता किशोरीलाई 67 वर्षिय आरोपित उर्गेन तामाङले विगत चारवर्षदेखि यौन शोषण गरेको आरोप रहेको छ। 
सन् 2012 देखि बारम्बार यौन शोषण गरेको आरोपमा पिढीत किशोरीको परिवार पक्षले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेपछि आरोपित उर्गेन तामाङलाई पक्राऊ गरेर आज दार्जिलिङ जिल्ला अदालतमा पेशीको निम्ति पठाएको छ। 
पिढीता किशोरीलाई 14 सितम्बरको दिन यौण शोषण गरेपछि उक्त घट्नाको उजागर भएको हो। यद्यपी पिढीताले यौण शोषणको घट्नाबारे कसैलाई भने अथवा पुलिसमा सूचित गरे आरोपित उर्गेन तामाङले मार्ने अनि उनका माता पितालाई समेत हत्या गर्ने धम्कि दिएको कारण प्राथमिकी गर्नमा ढिलाई भएको प्राथमिकीमा उल्लेख गरिएको छ। 
कालेबुङमा थानामा प्राथमिकी दर्ता गरेपछि तत्कालै पुलिसले पहल गर्दै आरोपित् 67 वर्षिय उर्गेन तामाङलाई पक्राऊ गरेर पोक्सो कानुन 2012 को धारा 4 अन्तर्गत मुद्दा दर्ता गरेर गरेर न्यायलय पठाएको छ।

0 Response to "16 वर्षिय किशोरिलाई 67 वर्षिय वृद्धले यौन शोषण गरेको आरोप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.