-->
गोर्खा जनमुक्ति मोर्चाद्वारा  शहीद दिवस पालन

गोर्खा जनमुक्ति मोर्चाद्वारा शहीद दिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 जुलाई 2016। गोर्खा जनमुक्ति मोर्चाले आज शहीद दिवस पालन गरेको छ। यहाँको एघार माइल स्थित शहीद वेदीमा पालन गरेको शहीद दिवममा मुख्य अतिथिका रूपमा विधायिका सरिता राई उपस्थित रहेकी थिइन् भने कार्यक्रमको अध्यक्षता नोर्देन लामाले गरेका थिए।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा शहीद बनेकाहरूलाई स्मरण गर्दै एक मिनटको मौन धारण गरेपछि सुरु भएको कार्यक्रममा मुख्य अतिथि, विशिष्ट अतिथिवर्गले शहीद वेदीमा पुष्पार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेपछि अन्य कार्यकर्ताहरूले पनि शहीदहरूलाई श्रद्धाञ्जली चढाएका थिए।
यस अवसरमा विभिन्न धर्म गुरुहरूले सर्वधर्म प्रार्थना गरेका थिए भने सांस्कृतिक विभाग कालेबुङले श्रद्धाञ्जली गीत प्रस्तुत गरेको थियो। अस्सीको दशकमा चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीद बनेका परिवारवर्गलाई कार्यक्रममा सम्मान पनि जनाएको थियो।
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै विधायिका सरिता राईले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सम्पूर्ण गोर्खा जाति एकहुनपर्ने आह्वान गरिन्। उनले शहीदहरूको सपना एकमात्र छुट्टै राज्य गोर्खाल्याण्ड रहेको कारण गोर्खाल्याण्ड प्राप्तिको निम्ति सबै जुट्नुपर्ने विधायिका राईले आह्वान गरेकी थिइन्।

0 Response to "गोर्खा जनमुक्ति मोर्चाद्वारा शहीद दिवस पालन "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.