-->
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा शहीद  दिवस पालन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा शहीद दिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 जुलाई 2016। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पनि आज यहाँको टाउन हलमा शहीद दिवस पालन गरेको छ। गोरामुमो कालेबुङ महकुमा समितिका संयोजक मौरिस कालिकोटोको अध्यक्षतामा सम्पन्न भएको उक्त शहीद दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा सी.के कुमाइ उपस्थित रहेका थिए। यसका साथै कार्यक्रममा पूर्व विधायक गौलन लेप्चा, दावा सेर्पा, डी.के राई आदिको पनि विशेष उपस्थिति रहेको थियो। 
कार्यक्रममा अस्सीको दशमा शहीद बनेकाहरूलाई स्मरण गर्दै 108 वटा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। यस अवसरमा गोर्खाल्याण्डको निम्ति शहीद भएका 12 सय वीर विरंगनाहरूलाई श्रद्धाञ्जली चढ़ाउन विभिन्न राजनैतिक दल,संघ-संस्थानका प्रतिनिधिवर्ग आदिको पनि विशेष उपस्थिति रहेको थियो। 
कार्यक्रममा शहीदका परिवारहरूलाई कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष मौरीस कालिकोटेको बाहुलीबाट खदा लगाई सम्मान पनि गरिएको थियो। 
कार्यक्रमलाई सम्बोधन गर्दै गोरामुमो कालेबुङ ब्राञ्च कमिटिका संयोजक मौरिस कालिकोटेले शहीदको सपना भुलेका छैनौ अनि उक्त सपना एकदिन अवश्यै साकार पार्नेछौँ भनि कालिकोटाले बताए। उनले सन् 1950 को सन्धिको धारा -7 ले भारतका गोर्खाहरूलाई नेपालको हो भन्ने प्रमाणित गर्न खोजेको बताउँदै यस सन्धिले भारतीय गोर्खाहरूलाई नकारात्मक असर पारेको दाबी गरे। त्यसैको विरोधमा 27 जुलाईका दिन उक्त सन्धि जलाउने क्रममा बङ्गाल सरकारले गोर्खाहरूलाई गोलि चलाएर हत्या गरेको कालिकोटेले बताए। 
सोहि दिनलाई स्मरण गर्दै शहीद दिवस पालन गरेको उनले बताउँदै शहीदहरूको एकमात्र छुट्टै राज्य गोर्खाल्याण्ड राज्य प्राप्ति गरेर छोड्ने प्रतिबद्धता जाहेर गरे। 
यसक्रममा पूर्व विधायक गौलन लेप्चा, दावा शेर्पा, डीके राई आदिले पनि 27 जुलाई 1986को दिनलाई स्मरण गर्दै आफ्नो सम्बोधन राखेका थिए।

0 Response to "गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा शहीद दिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.