-->
जमीनको खजाना अत्याधिक वृद्धि गरेको माकपाको आरोप

जमीनको खजाना अत्याधिक वृद्धि गरेको माकपाको आरोप

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 जून।कालेबुङका ग्रामीण क्षेत्रसँगै हाल यहाँको विकास क्षेत्र अनि डीआई फण्ड अधिनस्थ रहेका जमीनको खजाना एकाएक अत्याधिक वृद्धि भएको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। उनले आज पार्टी कार्यलयमा एक पत्रकार सम्मेलन आयोजना गरेर उक्त क्षेत्रहरूमा सरकारले जमीनको खजाना सातगुणा धेर वृद्धि गरेको दाबी गरे।
उनले यस सम्बन्धमा बोल्दै यसभन्दा अघि एक डेसिमल जमीनको खजाना वार्षिक 10 रूपियाँ रहेको बताउँदै हाल प्रति डेसिमल जमीनको खजाना सरकारले वृद्धि गरेर 75 रूपियाँ तय गरेको खुलासा गरे।
यसक्रममा उनले सोझै अधिकारीहरूलाई तारो बनाउँदै "यो मनपरि खजाना उठाउने अधिकार कसले दियो?’ भनि प्रश्न तेर्साए।
उनले पश्चिम बङ्गाल भूमि औँ भूमि सुधार ऐन 1995 को संसोधित कानुनको भाग 2016 को ऐन देखाउँदै उक्त ऐन अनुसार खासमहलमा प्रत्येक एक डेसिमलको 20 रूपियाँ अनि डेभ्लोम्पेन्ट एरियाको 10 रूपियाँ गरेर तिर्नुपर्ने उल्लेख रहेको दाबी गरे। कानुनमा यति भए पनि यता विभागले भने 75 रूपियाँ प्रप्ति डेसिमल गरेर मनपरि खजाना उठाउने काम गरेको आरोप लगाए। 
यसक्रममा उनले प्रमाणका रूपमा पत्रकारहरूलाई गत मई 2015 मा ग्रामीण क्षेत्रका मानिसहरूले 75 रूपियाँ डेसिमल गरेर जमीनको खजाना तिरेको रसिद पनि देखाउन पछि परेनन्। विभागले यसरी एकाएक अत्याधिक जमीनको खजाना वृद्धि गरेको कारण मानिसहरूलाई समस्या परेको दाबी गर्दै यसबारे उनले माकपा पार्टीको पक्षबाट दार्जीलिङ जिल्लापालसित भेट गर्ने जानकारी गराए। 
जमीनको खजाना अत्याधिक वृद्धि भएपछि ग्रामीण क्षेत्रका जनताले धेरै समस्या भोग्न परिरहेको बताउँदै यसबारे गाउँलेहरूले लिखित गुनासो गरिरहेको पनि माकपा नेता सुन्दासले दाबी गरेका छन्।
‘भूमि सुधार विभाग जीटीएमा हस्तान्तिर विभाग हो। तर जनतालाई अत्याचार हुँदा पनि जीटीए किन मौन छ? यदि जीटीएलाई पश्चिम बङ्गाल सरकारले हस्तक्षेप गरेर यसकिसिमको खजाना बढोत्तरि गर्दैछ भने सभासद्हरू बोल्नुपर्छ’ – सुन्दासले भने।
अर्कोतिर उनले डीआई फण्ड क्षेत्रमा व्यापक भ्रष्टचार भएको आरोप लगाउँदै अधिकारीवर्गले सरकारी जमीनमा भ्रष्टचार गरिरहेको आरोप लगाए। अर्कोतर्फ माकपा आञ्चलिक समितिका किसान फ्रन्टका प्रतिनिधि कल्याण प्रधानले पनि जमीनको खजाना बढेर कृषकहरू समस्यामा परेको दाबी गरे।
यता सुन्दासले लगाएको आरोपबारे महकुमा भूमि औ भूमि सुधार अधिकारी एजरा टी. नाम्चुसित प्रश्न गर्दा उनले सरकारी नियम अनुसार नै विभागले खजाना उठाइरहेको स्पष्टिकरण दिएका छन्।

0 Response to "जमीनको खजाना अत्याधिक वृद्धि गरेको माकपाको आरोप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.