-->
हर्कलाई हार चखाउँदै मोर्चाले चुनाउ जित्यो

हर्कलाई हार चखाउँदै मोर्चाले चुनाउ जित्यो

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 19 मई। विधानसभा चुनाव समापन भएको एक महिना पछि खोलिएको ईलेक्ट्रोनिक भोटिङ मसिनले कालेबुङ विधानसभा क्षेत्रबाट गोजमुमो प्रार्थी सरीता राईको भाग्य उदय भएको छ। उनले आफ्ना नजिकका प्रतिद्वन्द्वि जाप प्रार्थी डा. हर्कबहादुर छेत्रीलाई 11,431 भोटले पराजित गरेकी छन्। मोर्चा प्रार्थी सरिता राईले 67,693 भोट प्राप्त गरेकी छन् भने उनी विरूद्ध खडा भएका जाप प्रार्थी डा. हर्कबहादुर छेत्रीले 56,262 भोट प्राप्त गरेका छन्। 
यसैक्रममा क्रामाकपा प्रार्थी किशोर प्रधानले 5,714, गोराक प्रार्थी अमर लक्समले 3,201, निर्दल प्रार्थी भृगुनाथ गुप्ताले 1,751 अनि नोटामा 3,364 भोट खसेको छ। यहाँको एसयुएमआई विद्यालयमा विहान ठिक आठ बजेदेखि प्रार्थीहरूको उपस्थितिमा ईभिएम मसिन खोलिएर मतगणना सुरु भएको थियो। 19 वटा चरणमा विभाजन गरेर मतगणना सुरू भएपछि सम्पूर्ण मानिसहरू नै चुनाउ परिणामलाई लिएर उत्सुक रहेका थिए। 
यसैक्रममा पहिलो चरणमा नै गोजमुमो प्रार्थी सरिता राईले 1932 भोटले डा. छेत्रीलाई पछि पारेपछि मोर्चा समर्थकहरूमा खुशीयाली छाएको थियो। यद्यपी 18 वटा चरण बाँकी रहेको कारण मोर्चा समर्थकहरू पनि खुलेर खुशी हुन सकिरहेका थिएनन्। 
यसक्रममा कडा प्रतिस्पर्धा भएको चुनावी मतगणनाको परिणाम अघि निस्कदैँ जाँदा डा. छेत्रीले पनि आफ्नो पक्षमा निकै भोट बटुल्न थालेको थियो। जसले गर्दा दुई प्रार्थीहरू माझ कडा प्रतिस्पर्धा देखिएको थियो। अन्तत सम्पूर्ण ईभिएम मसिन अनि पोस्टल ब्यालेटको गणना समापन भएपछि मोर्चा प्रार्थी सरिता राईले विजयी हासिल गरेपछि सम्पूर्ण मोर्चा समर्थकहरूले एकार्कलाई बधाई दिँदै खुशीयाली साझा गरिरहेका थिए। 
सम्पूर्ण मतगणानाको परिणाम पूर्ण भएपछि मोर्चा प्रार्थी सरिता राईले विजयी हासिल गरेको घोषणा गर्दै उनलाई कालेबुङ महकुमा अधिकारी एवं चुनाव अधिकारी निर्मलय घरामीले विजय भएको प्रमाण पत्र प्रदान गरे।

0 Response to "हर्कलाई हार चखाउँदै मोर्चाले चुनाउ जित्यो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.