-->
नाली निर्माण सम्बन्धि क्रामाकपाको ज्ञापन

नाली निर्माण सम्बन्धि क्रामाकपाको ज्ञापन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 4 मई। सडक किनाराको नाली निर्माण सम्बन्धि क्रामाकपाले जन कल्याण विभागका सह-अभियन्तालाई भेट गरेर ज्ञापन सुम्पिएको छ। कालेबुङ खण्ड-1 क्षेत्रमा निर्माणाधिन सडक किनारका नालीहरू व्यवस्थित रूपमा निर्माण गर्नुपर्ने माग गर्दै आज क्रान्तिकारी मार्क्सवादी कम्यूनिष्ट पार्टी हाइवे(10) जोनल समितिले पीडब्ल्यूडी विभागका सह-अभियन्तासित भेट गरी ज्ञापन-पत्र चढाएको छ।
हाइवे जोनल समितिका सचिव हेमकुमार प्रधानको नेतृत्वमा एक टोलीले सह-अभियन्तासित भेट गर्दै नालीहरूको व्यवस्थापनको माग गरेको हो। समितिले बुझाएको ज्ञापन-पत्रमा उल्लेख गरिए अनुसार पीडब्ल्यूडी अधिनस्थ निर्माण भइरहेको सडक किनारका नालीहरूको निर्माण कार्य व्यवस्थित रूपमा हुननसकेको कारण आम मानिसहरूले विविध समस्याहरू भोग्न परिरहेको छ। नाली खनेपछि साँघुरो सडकमा दुर्घटनाका सम्भावना पनि उत्तिकै रहेको ज्ञापन-पत्रमा उल्लेख गरिएको छ।
यसबाहेक बितेका वर्षहरूमा विभागद्वारा निर्मित नालीहरू माटो अनि फोहर मैलाले थुनिएका कारण पनि धेरै समस्या भइरहेको क्रामाकपाको भनाइ छ। यसैले नालीको कारण आम मानिसहरूले भोगिरहेको जखिमपूर्ण स्थितिलाई केन्द्र गर्दै विभागले नाली निर्माण गर्दा निर्माण विधि अनि रेसियो पनि सार्वजनिक गर्नुपर्ने क्रामाकपाले विभागसमक्ष माग गरेको छ।

0 Response to "नाली निर्माण सम्बन्धि क्रामाकपाको ज्ञापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.