-->
शहिदबेदी तोडफोडको घट्नाबारे नारी मोर्चाद्वारा ज्ञापन

शहिदबेदी तोडफोडको घट्नाबारे नारी मोर्चाद्वारा ज्ञापन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 4 मई। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा आत्मदाह गर्ने सहिद मङ्गलसिँह राजपुत सहिद बेदी तोडफोड घट्नालाई लिएर गोजनामोले आज कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ। उक्त तोडफोडकाण्डका आरोपीहरूलाई यथाशीघ्र पक्राउको माग गर्दै आज नारी मोर्चा महकुमा समितिका प्रतिनिधिहरूले पनि कालेबुङ थानामा ज्ञापन-पत्र चढाए।
उक्त टोलीमा नारी मोर्चा सचिव डिका मोक्तान, अरूणा गुरूङ, सपना छेत्री आदि उपस्थित थिए। उक्त टोलीले ज्ञापन-पत्र बुझाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै नारी मोर्चा सचिव डिका मोक्तानले शहीदवेदी तोडफोडकाण्ड भएको तीनदिन बितिसक्दा समेत आरोपीहरूलाई पक्रन पुलिस प्रशासन असक्षम रहेको बताइन्।
‘शहीदस्थल जस्तो सम्मानजनक स्थलमा तोडफोड गर्नेहरूले कुन कारणले तोडफोड गरेको हो अनि तोडफोड गरेर के जताउन खोजेको हो त्यो हामी जान्दैनौँ। तर मङ्गलसिंह राजपुत अगोर्खा भएर पनि गोर्खाल्याण्डको निम्ति आत्मादाह गरेका हुन्। यसैले यस तोडफोडकाण्डले हामीलाई आघात पुगेको अनि यसको हामी तीब्र रूपमा भर्त्सना जनाउँछौँ-मोक्तानले भनिन्।
उनी अनुसार पुलिसले घटनाको छानबीन गरिरहेको बताइरहेको छ। तर अहिलेसम्म घटनालाई लिएर पुलिसले एउटै प्रमाण भेट्टाउन सकेको छैन। 30 अप्रेलका दिन घटनाको राती नै कालेबुङ थानामा प्राथमिकी दर्ता गरिएको अनि यसपछि युवा मोर्चाले पनि प्रशासनलाई दवाब बनाइसकेको स्थितिबीच पनि आरोपीहरू पक्राउ नपरेकोमा पनि मोक्तानले असंतुष्टि जाहेर गरेकी छन्।

0 Response to "शहिदबेदी तोडफोडको घट्नाबारे नारी मोर्चाद्वारा ज्ञापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.