-->
मुख्यमन्त्री चामलिङको बयानको चौतर्फी बिरोध

मुख्यमन्त्री चामलिङको बयानको चौतर्फी बिरोध

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 मई। सिक्किमका मुख्यमन्त्री पवन चामलिङले ‘गोर्खा भन्ने नेपालबाट यहाँ सेनामा काम गर्न आएका हुन्’ भनि दिएको व्यानको चौतर्फी विरोध सुरु भएको छ। उक्त बयानलाई लिएर आज यहाँका विभिन्न राजनैतिक दलहरूले जोडदार विरोध गर्दै मुख्यमन्त्री चामलिङले आफ्नो बयान फिर्ता लिनुपर्ने माग गरेका छन्।
यसक्रममा गोरामुमो, क्रामाकपा, गोर्खालिग, गोरानिमो आदि राजनैतिक दलहरूले आ-आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उक्त बयानको खण्डन गरेको छ। मुख्यमन्त्री चामलिङको उक्त बयान सार्बजनिक भएपछि आज गोरामुमो कालेबुङ महकुमा समितिका संयोजक मौरिस कालिकोटेले पत्रकारहरूसँग कुराकानी गर्दै उक्त बयान फिर्ता लिनुपर्ने माग गरे। ‘सिक्किमको आन्तरिक राजनीतिसँग हामीलाई सरोकार छैन तर, भारतभरीका गोर्खाहरूलाई आघात पुग्ने बयानको हामी विरोध गर्छौँ। उनले आफ्नो बयान फिर्ता लिनुपर्छ। यदि फिर्ता लिँदैन भने बयानलाई प्रमाणित गर्नुपर्छ’ मौरिस कालिकोटेले भने। 
यसैक्रममा उनले मुख्यमन्त्री चामिलिङको उक्त बयानको गोर्खा अनि गोर्खाल्याण्डलाई लिएर राजनीति गर्नेहरूले जोड्दार विरोध गर्नुपर्ने आह्वान गरे। ‘भारतीय गोर्खाहरू सुगौलि सन्धिको धाराले काटेको भूभागसँग आएका हौँ। सेनामा भर्ना भएर मात्र आएको हो भन्नु गलत हो। उनको बयानले सम्पूर्ण भारतीय गोर्खाहरूलाई आघात पुगेको छ’ कालिकोटेले भने। यसक्रममा उनले केहि वर्ष अघि त्यहीँ सिक्किमको विधानसभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने मुख्यमन्त्रीले आज यसरी गोर्खा विरोधी बयान दिनु दुर्भाग्यपूर्ण रहेको दाबी गर्दै ‘गोर्खा’ शब्दले भारतीय गोर्खाहरूको मान सम्मान र अस्तित्वलाई बचाएर राख्ने कार्य गरेको दाबी गरे। यस्तो अवस्थामा मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले सम्पूर्ण गोर्खाहरूलाई नै आघात पुग्ने बयान दिनु उचित नहुने बताएका छन्। 
यसैक्रममा मुख्यमन्त्री चामलिङको उक्त बयानलाई क्रामाकपाले पनि तिब्र खण्डन गरेको छ। क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले मुख्यमन्त्री पवन चामलिङले इतिहास पड्नुपर्ने सुझाव दिँदै उक्त बयानको बिरोध गरे। ‘मुख्यमन्त्री चामलिङले यस्तो बयान दिन अघि इतिहास हेर्न आवश्यक थियो। यस्तो बयान गोर्खाहरूकै मुख्यमन्त्रीले दिनु दुर्भाग्यपूर्ण हो हामी यसको घोर बिरोध गर्छौँ’ मोहन पौड्यालले भने। 
यता अभागोलि महासचिव प्रताप खातीले पनि उक्त बयानलाई दुर्भाग्यपूर्ण रहेको बताउँदै यस बयानको भर्त्सना जनाए। ‘यस्तो बयानको गोर्खालिगले जोडदार बिरोध गर्दछ। हामी बयानको बिरोध गर्दै फिर्ता लिनुपर्ने माग गर्छौँ’ प्रताप खातीले भने। 
यसैक्रममा गोर्खा राष्ट्रिय निर्माण मोर्चा अध्यक्ष दावा पाख्रिनले पनि चामलिङको उक्त बयानलाई गोर्खा बिरोधी बयान हो भनि बताएका छन्। ‘मुख्यमन्त्री चमालिङको बयानले गोर्खाहरूलाई आघात पुगेको छ। यस्तो बयानको हाम्नी घोर भर्त्सना जनाउँछौँ’ दावा पाख्रिनले भने। यता उक्त बयान सन्दर्भमा नाटककार सी.के श्रेष्ठले पनि बिरोध गर्दै सम्पूर्ण भारतभरीक्ज़्ज़् गोर्खाहरूले यस बयानको बिरोध गर्नुपर्ने बताएका छन्।

0 Response to "मुख्यमन्त्री चामलिङको बयानको चौतर्फी बिरोध "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.